|

त्रिपुराकोट(डोल्पा) : यहाँको दुर्गम गाँउमा रहेको एक स्वास्थ चौकीमा कार्यरत दुईजना स्थास्थकर्मीको एकैपटक सरुवा भएपछि दुर्गमका नागरिकले पाउँदै आएको नियमित स्वास्थ सेवा प्रभावित भएको छ।

त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत-६ फुल्चिङ्मा रहेको स्वास्थ चौकीमा कार्यरत अनमी विष्णुमाया उपाध्याय होजार डोल्मा लामाको एकैपटक सरुवा भएपछि महिना दिनदेखि सेवा क्षेत्रभित्र पर्ने खदाङ, पालङ्ग, फुल्चिङ, ल्हाँका नागरिकको स्वास्थ सेवा प्रभावित भएको हो। ‘स्वास्थ चौकीमा दुई जना अनमी नभएको महिना दिन धेरै भयो,उपचारगर्ने स्वास्थकर्मीनै नभएकाले सामान्य स्वास्थ सेवाबाट समेत बञ्चित भएका छौँ’वडा नं ६ खदाङका स्थानीय अमृत सार्कीले भने।

‘स्वास्थ चौकी जान्छौँ कहिले सिटामोल लगाएतको सामान्य औषधि समेत पाइँदैन्, कहिले स्वास्थकर्मी भेटिँदैनन्’ सार्कीले गुनासो गरे। दुर्गमका नागरिकलाई धेरैथोरै स्वास्थ सुविधा दिइरहेको स्वास्थ्‍यचौकीबाट मन्त्रालयले एकैपटक दुईजना अनमीको सरुवा गरिदिँदा स्वास्थ सेवा प्रभावित भएको अमृत सार्कीले बताए।

प्रसुतिसेवा संञ्चालनकालागि सामाग्रीहरु लिईएपनि अझैपनि निजि क्लिनिकमा लिएर प्रसूति गराउनुपर्ने बाध्यता कायमै रहेको खदाङका स्थानीयले गुनासो गरेका छन्।

स्वास्थ चौकीमै प्रसुति सेवा सञ्चालनगर्न आवाश्यक उपकरण लिएपनि जनशक्तिको रुपमा रहेका दुईजना अनमीको सरुवा भएपनि प्रसुतिगृह संञ्चालन अन्योलमा परेको छ। प्रसुति गृह संञ्चालनकालागि एस.बि.आई तालिम प्राप्त एक जना सहित दुईजना अनमीको दरबन्दी अनिवार्य हुन्छ।

स्वास्थ चौकीका प्रमुख पुष्प चन्दसँग सम्पर्कगर्न खोज्दा सम्पर्क हुन सकेको थिएन। उनीलगायत एक जना अहेव पनि दशैँ मनाउन घर हिँडेपनि स्वास्थ चौकी एक जना स्विपर र कार्यलय सहयोगीको भरमा चलेको फुल्चिङका स्थानीयले बताए।

एक स्वास्थकर्मी सरुवा हुनका लागि छोडेर जान चाहेको जिल्ला स्थित जिल्ला स्वास्थ कार्यालय,सम्बन्धित गाँउपालिका वा नगरपालिकाको अनुमति र सरुवाहुन चाहेको जिल्लामा पर्ने स्वास्थ चौकीमा दरबन्दीखालीको भएको सहमती चाहिने प्रावधान रहेपनि कहाँबाट कसरी एकपटकै दुईजनाको सरुवा भयो कुनैपनि जानकारी नपाएको वडा अध्यक्ष बोहोराले जानकारी दिए।

सिँहदरवार अधिकार गाँउ गाँउमा भन्ने नाराकासाथ स्थानीय सरकार गठन भएपनि मन्त्रालयले सम्बन्धित स्थानीय तहको स्विकृतिबिना सरुवा गरेकाले नागरिकहरु स्वास्थ सेवाबाट बञ्चित हुनुपरेको वडा अध्यक्ष धर्मजित बोहोराले बताए।

“सरुवानै गर्नुपर्ने भएपनि एकपटकमा एकजनाकोमात्रै गरेकाभए स्वास्थ सेवा प्रभावित हुने थिएन्,अब करारमा भएपनि कर्मचारी नियुक्तगर्ने बिषयमा छलफल भईरहेको छ” अध्यक्ष बोहोराले भने।

नगरपालिका भित्रपर्ने सम्पुर्ण स्वास्थ चौकीहरुको सेवा प्रवाहलाई प्रभावकारी बनाउने र कर्मचारीको नियमितताको बिषयमा अनुगमनगर्ने एक निकायको रुपमा रहेको नगर स्वास्थ ईकाइले नगरको स्वास्थ सेवा ब्यबस्थापनमा चासो नदिएको पाइएको छ। नगर स्वास्थ ईकाइको संयोजको जिम्मा पाएका कृष्ण कार्कीले प्रभावकारी रुपमा जिम्मेवारी बहन गर्न नसकेको समेत सरोकारवालाको भनाइ छ। मन्त्रालयले त्रिपुरा सुन्दरी नगरपालिका सुँ स्वास्थ चौकी,पहाडा स्वास्थ चौकी र फुल्चिङ स्वास्थ चौकी र लिकुस्वास्थ चौकीबाट पाँचजना अनमीको सरुवा गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.