|

भक्तपुर : तिहारपछाडि धान काटेर बाली भित्र्याउने किसानहरूलाई यो वर्ष तिहारअगाडि नै धान सुकाएर बाली भित्र्याउने चतारो परेको छ। गएका वर्षहरूमा तिहारपछाडि मात्र धान काट्ने किसानहरू यस वर्ष दशैंको भोलिपल्टदेखि नखःत्या(दशैं भोज) नै नगई धान काटेर भक्तपुर नगरका विभिन्न ठाउँहरूमा धान सुकाउन व्यस्त भएका छन्।

भक्तपुर नगरका नपुखु क्षेत्र, इन्द्रायणी पिठ, खौमा, ल्योसिख्यो, मीभसेनस्थान, बाराहीस्थान, भाजुपोखरीको दिललगायत सम्पदा क्षेत्र, विद्यालयको चौर र बाटाहरूमा किसानहरू धान सुकाउने कार्यमा व्यस्त देखिन्छ।

यो वर्ष जेष्ठ महिनामै रोपाई सुरु भएका कारणले पनि समयअगाडि नै धान काट्न चटारो परेको हो। यतीबेला भक्तपुर नगरका लिवाली, कमलविनायक, मिवाछें, देकोचालगायत चित्तपोल, ताथली, सुडाल, बागेश्वरी, छालिङ, चाँगु, दुवाकोट, गुण्डु, सिपाडोल, नंखेल, बालकोट, सिरुटार, दधिकोट र लोकनथली र थिमि क्षेत्रहरूमा धान काटिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.