अब ध्वस्त भयो : प्रहरी

|

काठमाडौं : गत वर्षको असोज २३ मा काठमाडौंको बानेश्वरमा दिउँसै निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको हत्या भयो। गौचनको हत्या गुण्डा नाइने भनेर चिनिएका काठमाडौं बाफलका समिरमानसिंह बस्नेतको समुहले गरेका थियो।

समिरमानसिंह बस्नेतलगायत गौचन हत्यामा संलग्न उनका समुहका मुख्य सुटर उदयपुर रौताका अमर बहादुर राना लगायत झापा विर्तामोडका लोप्साङ भनिने सोम तामाङ र काठमाडौ नागार्जुका रोशन बुढाथोकीलाई पक्राउ गरी प्रहरीले सोमबार सार्वजनिक गरेको छ। उनीहरुलाई महानगरीय अपराध महाशाखाले झापाबाट पक्राउ गरेको थियो।

समिरमानसिंह बस्नेतलाई भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआइबीको टोलीले गत मंसिरमा भारतबाट पक्राउ गरेको थियो। त्यस्तै गौचन हत्यामा सहयोगी भूमिका खेलेका सिंहका समूहका राजीव स्याङ्तान, पर्सा कालिकामाई गाउँपालिका- १ का शिवजी महतो, भारत बेतिया ग्राम पंचायत चौबेटोला- ७ बस्ने २४ वर्षका मुकेशकुमार पाण्डे,  सन्तोष गुरुङ, काठमाडौं नार्गाजुन नगरपालिका- ४ का प्रकाश बुढाथोकी समेतलाई प्रहरीले पक्राउ गरिसकेको छ।

यसरी भएको थियो गुण्डा नाइके समिरमानसिंहको उदय

काठमाडौं बाफलका स्थानीयवासी हुन समिरमानसिंह बस्नेत। प्रहरीका अनुसार सुरु सुरुमा उनी बाफल क्षेत्रमामात्रै सक्रिय भएर गुन्डागर्दी गर्दै आएका थिए।

‘२०६८-६९ सालतिर बस्नेत समाखुसी क्षेत्रलाई आधार बनाउँदै आएका अर्का गुण्डा कुमार श्रेष्ठ (कुमार घैँटे) संग मिलेर काम गर्न थालेको देखिन्छ,’ एक प्रहरी अधिकृतले भने। त्यसपछि घैटे र बस्नेत मिलेर विभिन्न ठेक्का पट्टामा हात हाल्नुका साथै व्यवसायीहरुबाट फिरौती रकम असुल्ने अभियान तिब्र पारेको प्रहरीको बुझाइ छ।

२०७२ साल भदौ ३ गते घैटे प्रहरी इन्काउन्टरमा मारिएपछि भने बस्नेत केही खुम्चिएका थिए। घैटे इन्काउन्टरमा परेपछि बस्नेत समेत इन्काउन्टरको भयले भारत पसेको प्रहरीको बुझाइ छ।

भारतमा बसेर नेपालमा फैलाएका थिए अपराधको संजाल

समिरमानसिंह बस्नेत ०७२ पछि भारतीय भूमि प्रयोग गरेर नेपालमा अपराधिक गतिबिधिमा लागेका थिए। नेपालमा हुँदा प्रहरीको इक्काउन्टरको उनलाई भय थियो। भारतमै रहँदा ०७३ सालमा रुपन्देहीका मनोज पुनसँग बस्नेतको घेट भयो। पुन रुपन्देहीमा युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीमाथि आक्रमण गरेर भारत पुगेका थिए।

पुन समेत भारतमा बसेर रुपन्देहीका ब्यवसायीलाई धम्की दिने र उनीहरुसँग पैसा उठाउने काममा लागेका थिए। पुनको सहयोगीका रुपमा  नेपाली सेनाका भगौडा श्याम गुम्बे, सोम आले, लोप्साङ तामाङ समेत थिए।

पहिले मनोजकै आक्रणबाट घाइते भएका दुर्गा तिवारीलाई लोप्साङले ०७३ सालमा फेरी गोली हानी हत्या गरेका थिए। मनोजको समुहका सुटर केटा देखेर बस्नेत पनि पुनसंगै मिलेरकाम गर्न लालायित भएको प्रहरीको भनाइ छ।

बस्नेत र पुन भारतमा बसे पनि उनीहरुका सुटरको भूमिकामा रहेका लोप्साङ लामा, सोम आले मगर, श्याम गुम्वे, अम्बरराना मगर भने नेपालमै थिए। उनीहरु बस्नेत र पुनको इसारामा गोली हान्ने काम गर्ने गरेको प्रहरीको भनाइ छ। नेपाली सेनामा रहँदा हतियारबारे ज्ञान लिएका अम्बर रानामगर, श्याम गुम्वे, सोमआले मगरलाई बस्नेत र पुनले सुटरको भुमिका दिएका थिए। पुन र सोम मगर पनि प्रहरीको इन्काउन्टरमा मरिसकेका छन्।

अपराध दुनियाँमा एक छत्र राज चलाउन चाहान्थे बस्नेत

२०७३ चैत २९ गते काठमाडौंको नयाँ बस्ती, बौद्धमा अर्का गुन्डा नाइके दावा लामामाथि समेत गोली प्रहार भयो। दावालाई फिरौतL रकम माग गरेर गोली हानिएको थिएन। नेपालमा गुण्डागर्दिको दुनियाँमा आफू सबै भन्दा बलियो र एक छत्र राज चलाउन यो अभिया नै चलाएको प्रहरीको भनाई छ।

सोही अभियान अन्तरगर्त समितरमानकै निर्देशनमा दावालाई अम्बर राना मगरले गोली हानेकाे स्वीकार गरेको अपराध महाशाखाका प्रहरी नायव उपरीक्षक रुगम कुवँरको भनाई छ। केही महिना अघि गौशलामा गणेश लामामाथि समेत अम्बर रानाले नै गोली हानेको प्रहरीको भनाइ छ।

हतियार व्यवस्थापक समिरकै श्रीमती

विभिन्न अपराधमा हतियार व्यवस्थाकको जिम्मा समिरकै श्रीमती माया शेरचनले गर्ने गरेको पाइएको अपराध महाशाखाका प्रहरी अधिकारीको भनाइ छ। सोमबार पक्राउ पछि सार्वजिनक गरिएका अम्बर राना, सोम तामाङ र रोशन बुढाथोकिले समेत प्रहरीको बयानमा मायाले नै हतियार र अन्य व्यवस्थापन गर्ने गरेको स्वीकार गरेको महाशाखाका एक प्रहरी अधिकारीले बताए।

प्रहरीका अनुसार गौचनको हत्या गर्दा प्रयोग गरेको पेस्तोल र दावा लामामाथि प्रयोग भएको पेस्तोल समेत एउटै भएको प्रहरीको भनाई छ। त्यो पेस्तोल माया शेरचनले उपलब्ध गराएकी थिइन्।

र, यसरी भयो पतन

अब गुण्डा नाइके समिरमानसिंह बस्नेतको समूह नै  ध्वस्त भएको निष्कर्षमा प्रहरी पुगेको छ। अपराध महाशाखाका एक प्रहरी अधिकारीका अनुसार नाइके समिर र उनका सार्प सुटरहरु सबै नियन्त्रणमा परिसकाले अब उनको समुहका ठूला अपराध घटाउन सक्ने गुण्डाहरु नरहेको निष्कर्षमा आफूहरु पुगेको उनले बताए। यस अघि एउटै समुहका पुन र सोम आलेको समेत प्रहरीको इन्काउन्टर परि मृत्यु हुनु प्रहरीको ठूला सफलता भएको प्रहरीको भनाइ छ।

पुन र बस्तेनसमेत गौचन हत्या अगाबै छुट्टि सकेको प्रहरीकै अनुमान छ। गौचन हत्या कान्डमा फरार गंगा लिङ्देन र अजय थापा अर्का गुण्डा नाइके रमेश बाहुन समूह नजिकका रहेको प्रहरीको भनाइ छ। बाहुन भने २०७१ असार पक्राउ परेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.