|

काठमाडौं : प्रदेश ३ का भौतिक योजना तथा विकासमन्त्री केशव स्थापित बर्खास्त भएका छन्। उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले संविधानको धारा १६९(२) ख बमोजिम बर्खास्त गरेका हुन्। 

स्थापित केही समयदेखि विवादमा थिए। उनले मुख्यमन्त्रीसँग मन्त्रिपरिषद् बैठकमा समेत मुख्यमन्त्रीसँग अभद्र व्यवहार गरेको आरोप लागेको थियो।

मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुप पौडेलका अनुसार मन्त्री स्थापितलाई संविधानको धारा १६९ को उपधारा २ (ख) मा व्यवस्था गरिएबमोजिम बर्खास्त गरिएको हो। संविधानको उक्त धारामा मुख्यमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्नसक्ने व्यवस्था रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.