|

काठमाडौं : प्रहरी हिरासतमा प्रहरीकै मिटर ब्याजको ऋण खाने रवीन्द्र कुमार ढुंगानाको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ। लेनदेनका क्रममा पाँच लाखको चेक बाउन्स भएपछि रवीन्द्र पक्राउ परेका थिए। यही विषयलाई लिएर काठमाडौं प्रहरी परिसरमा हल्ली खल्लीसमेत मच्चिएको छ। प्रहरी स्रोतका अनुसार सूचना कसरी लिक भयो यसबारे समेत परिसर भित्र केरकार सुरु भएको छ। त्यस्तै प्रहरीकै दवाबमा पीडितपरिवारलाई विज्ञप्ति निकाल्न पठाइएको समेत प्रहरीमाथि आरोप लागेको छ।

उता, महानगरीय प्रहरी कार्यालय रानिपोखरीले ढुंगानाको मृत्युको घटनाको छानविन गर्न तीन सदस्य छानविन समितीसमेत बनाएको थियो। सोही समिले पैसा दिएर शव बुझ्न लागएको कुरा बाहिर आएपछि यो विषयमा समेत छानविन गर्ने रानिपोखरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पुजा सिंहले बताइन्।

‘अहिलेसम्म हामीले ढुंगानाको कसरी मृत्यु र कसरी पक्राउ गरिएको थियो। यो बारे बुझ्दै थियौ, अहिले पैसा दिने सहमतिमा शव बुझ्न लगाएको भन्ने कुरा पनि बाहिर आएकोछ, 'हामी छनविन गर्छौं,' सिंहले भनिन्।

प्रहरी स्रोतका अनुसार पीडित परिवारलाई प्रहरी अस्पताल महाराजगन्जका प्राविधिक सहायक निरीक्षक (असई)  सुरेन्द्र कार्कीले  चेकमा भएको पाँचलाख र त्यसमा थप २२ लाख थप्ने सहमति पछि आतबार शव बुझेको जनाएको छ। 

कार्तिक १८ गते पाँच लाख रुपैयाँको चेक बाउन्स भएपछि महानगरीय प्रहरी वृत बालाजुले रवीन्द्रकुमार ढुंगानालाई पक्राउ गरेको थियो। बालाजुका प्रहरी नायव उपरीक्षक (डिएसपी) चीरञ्जिवी कोइरालाका अनुसार बालाजु प्रहरीले उनलाई पक्राउपछि महानगरीय प्रहरी परिसर टेकु पठाएको थियो।

ढुंगानाको १९ गते प्रहरी हिरासतमा रहँदै मुटुमा समस्या आएपछि प्रहरीले वीर अस्ताल पुर्‍याएको थियो। वीर अस्पताल पुगाएको केही समयमै उनको ज्यान गएको थियो।

तर रवीन्द्रलाई बालाजु वृतले पक्राउ गरेको नभई, उनलाई पाँचलाख रुपैयाँमा ब्याजमा दिने प्रहरी अस्पताल महाराजगञ्जका प्राविधिक असई सुरेन्द्र कार्की आफै आएर आफ्नै मोटरसाइकलमा राखेर प्रहरी कार्यालय पुर्‍याएको यस अघि पीडीत ढुंगानाका श्रीमतीले नै बताएकी थिइन्।

मुटुका रोगी थिए रवीन्द्र

मुटुको दुई वटै भल्भ फेरेका, मधुमेह, उच्च रक्तचाप र छारे रोगका बिरामी रवीन्द्रको १९ गते उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो। रविन्द्रको १९ गते विहान एकाएक मुखबाट फिँज निकाली आफूलाई असजिलो भएको बताएपछि प्रहरीले उनलाई वीर अस्पताल पुर्‍याएको थियो। प्रहरीले बिना पक्राउ पुर्जी रविन्द्रलाई पक्राउ गरिएको परिवारको दाबी थियो।

परिसका प्रमुख एसएसपी वशन्त लामाले सुरुमा जाहेरी कर्ता सुरेन्द्र कार्की र मृतक ढुङ्गानाबी  सामान्य छलफल गर्न बोलाएको र पछि पुर्जी लिएर नै थुनामा राखेको बताए। आतबारपछि भने परिवारले शव बुझेर चुपचाप लागेका छन्।

आइतबार जुटेको थियो सहमति

१९ गते मृत्यु भएका रविन्द्रकुमार ढंगानाका परिवारले भने उनको शव बुझ्न नमानेपछि त्रिविशिक्षण अस्पताल महाराजगंजमा राखिएको थियो। उनको शव ६ दिनसम्म अस्पतालमै रहेको थियो। ढुंगानाका परिवार प्रहरी अस्पताल महाराजगंजका प्राविधिक असई सुरेन्द्र कार्कीकै कारण रविन्द्रको मृत्यु भएको भन्दै किटानी जाहेरी दिन २० गते काठमाडौं प्रहरी परिसर पुगेको थियो। प्रहरीले जाहेरी नलिए पनि असइ कार्कीलाई भने परिसरमा थुनामा राखेको थियो।

सामान्य सोधपुछ र कार्कीको सुरक्षाको लागि थुनामा राखेको परिसरका प्रमुख एसएसपी वशन्तलामाको भनाइ छ। काठमाडौं प्रहरी परिसले कार्कीको कोठाबाट केही थान चेक समेत बरामद गरेको लामाले बताए। थुनामा रहेको असईमाथि प्रहरी अस्पतालबाट मिल्न दवाब बढेपछि उनी पैसा दिएर भएपनि मिल्न राजी भएको प्रहरी स्रोतको भनाइछ।

अन्ततः असई कार्कीले र रवीन्द्रको परिवारबीच चेकमा उल्लेख गरिएको ५ लाख रुपैयाँ मिनाहा गर्ने र दुई महिनाभित्र ढुंगानाको परिवारलाई २२ लाख रुपैयाँ दिनेगरी सहमति भएपछि आइतबार परिवारले शव बुझेका हुन्। उनको त्यही राति दाहासंस्कार समेत भएको थियो। परिसरका प्रमुख लामा भने आफूहरुको दबावमा त्यस्तो कुनै सहमति गर्न नलगाएको उनको दाबी छ। 'एक छिनको छलफल पछि दुबै पक्ष बाहिर गएका थिए बाहिर के भयो त्यो हामीलाई पनि थाहा छैन,' लामाले भने।

आइतबार कार्कीले कुरा गर्ने अन्य ठाँउ असुरक्षित महशुस गरेपछि असई कार्कीकै अनुरोधमा प्रहरी परिसर काठमाडौंमा तार्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा लगायत पीडित परिवारसँग छलफल गर्ने वातावरण मिलाएपनि त्यो बाहेक परिसर भित्र कुनै सहमति नभएको समेत उनको भनाइ छ। यसबारे मेयर बोहरालाई बुझ्दा पैसाको कुराबारे आफूलाईसमेत जानकारी नभएको बताए। प्रहरीका अनुसार मृतक ढुंगानाकी श्रीमती मेयर बोहराकी साली हुन्।

बोल्नै मान्दैनन् असई कार्की

असई कार्कीलाई घटनाबारे बुझ्न खोज्दा सबैकुरा मिलिसकेकाले यो बारेमा पीडित पक्षलाई सोध्नु भन्दै पन्छिएका छन्। पैसा दिएर मिलेको कुरामा समेत कार्कीले पीडित परिवारलाई नै बझ्नु भन्दै फोन राखेका थिए।

प्रहरी हाकिम नै लगाउँछन् मिटर ब्याजमा पैसा

तीन वर्ष अघिबाट नै असई कार्की विभिन्न व्यक्तिलाई मिटर ब्याजमा पैसा दिने गरेको प्रहरीहरूकै भनाइ छ। प्रहरी अस्पतालका असई कार्कीले ढुंगाना परिवारलाई पनि तीन वर्ष अघि नै मिटर ब्याजमा पैसा दिँदै आएका थिए।

कार्कीले अस्पतालका प्रहरी हाकिम र अन्य प्रहरी कार्यालयका उच्च अधिकारीको पैसा मिटर ब्याज लिएर अन्तै लगाउने गरेको स्रोतको भनाइ छ। स्रोतका अनुसार कार्कीले प्रहरी हाकिमबाट ३० प्रतिशतमा पैसा लिने र अन्य व्याक्तिलाई ४०/५० प्रतिशत भन्दा बढी ब्याजदरमा ऋण लगाउने गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.