|

स्पेनिस लालिगाको लिग लिडर बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। बुधबार भएको खेलमा बार्सिलोना आफ्ना स्टार खेलाडी बिना नै मैदानमा उत्रिएको थियो।

अन्तिम ३२ को दोस्रो लेग अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोना लियोनल मेसी, लुइस स्वारेज, जेरार्ड पिकेसहितका स्टार खेलाडी बिना नै मैदानमा उत्रिएपनि फराकिलो जित निकाल्न सफल भयो। बार्सिलोनाले कल्चरल लिओनेसामाथि ४–१ को जित निकाल्दै समग्रमा ५–१ को जितसहित अन्तिम १६ मा स्थान पक्का गरेको हो। पहिलो लेगमा बार्सिलोना १–० ले विजयी भएको थियो।

बार्सिलोनाको जितमा डेनिस स्वारेजले दुई गोल गरे भने एल हाडाडी र माल्कमले समान एक एक गोल गरे। लिओनेसाका लागि सिनीले एक गोल फर्काए। त्यस्तै अर्को खेलमा  एथ्लेटिको मड्रिडले पनि अन्तिम १६ मा स्थान बनाएको छ। त्यस्तै जिरोना, रियल सोसिडाड, सेभिल्ला, भिल्लारियल र रियल भालाडोलिड पनि अन्तिम १६ मा पुग्न सफल भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.