सिआइबी नमानेपछि रोकियो 'योजना'

|

काठमाडौं : कंचनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या अभियोगमा प्रहरीले 'नक्कली अभियुक्त' खडा गर्न खोजेको आशंका गरिएको छ।

एकपटक अभियुक्त सार्वजनिक गरेर फसिसकेको प्रहरीले फेरि खडा गरेका पात्रहरू घटनामा सामेल भएको हुन नसक्ने खालका सूचनाहरू सार्वजनिक भएका छन्। 

गत साता पक्राउ परेका प्रदीप रावललाई निर्मला पन्तको बलात्कारपछि हत्याको मुख्य अभियुक्त घोषणा गर्ने तयारीमा प्रहरी रहेको थियो। तर आइतबार संचारमाध्यममा आएका केही सूचनाले प्रहरी पछाडि हटेको उच्च प्रहरी स्रोतकै दाबी छ।

निर्मला बलात्कार र हत्या प्रकरणका दोषिलाई कानुनी कठघरामा उभ्याउन नसक्दा सरकार अहिले आलोचित छ। प्रहरी अनुसन्धानमा पनि प्रश्न उठेको छ। 

राजनीतिक तहले प्रहरी नेतृत्व र प्रहरी नेतृत्वले मातहत तहलाई हत्यारा छिटो सार्वजनिक गर्न दबाब दिँदै आएका छन्। यसै सिलसिलामा पछिल्ला समयमा पक्राउ परेकाहरूलाई नै 'अभियुक्त' सावित गराउने प्रयास भएको स्रोतको दाबी छ। तर केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका केही प्रहरी अधिकारीले अभियुक्त तिनै भएको भरपर्दो प्रमाण नपुगेको दलिल गरेपछि यो प्रयास रोकिन सक्ने दाबी स्रोतले गरेको छ।

सिआइबीले गत मंगलबार महाराजगंजबाट रावललाई पक्राउ गरेको थियो। रावलको डिएनए रिपोर्ट भने आएको छैन। रावलसँगै प्रहरीले विशाल चौधरी र दिनेश चौधरीको समेत डिएनए परीक्षणको लागि सेम्पल विधिविज्ञान प्रयोगशाला पठाएको छ।

प्रदीप निर्मला हराएको दिन साउन १० गते कुखुरा चोरी अभियोगमा पक्राउ परेका थिए। उनलाई १० गते बिहानै छाडे पनि उनले प्रहरीले सोधपुछ गरे लगत्तै अापराधिक कार्यमा लाग्ने सम्भवान कम हुने पूर्वप्रहरी अधिकारीहरू बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.