कास्की : २ देखि ३ बजेसम्मको सेसन थियो। वक्ताको रूपमा लेखक बुद्धिसागर, लेखक/अभिनेता खगेन्द्र लामिछाने र अभिनेता दयाहाङ राई थिए। उनीहरूलाई सुन्न दर्शकहरूले खचाखच हल भरिएको थियो। सेसन थियो- ‘शहर, साथी र सपना।’
कुराकानीको सुरुवातमा बुद्धिसागरले आफूलाई बाइक चलाउन कहिल्यै मन नपर्ने र डर लाग्ने बताए। यही क्रममा उनले अभिनेता राईलाई सोधे, 'तपाईं चर्चित अभिनेता हुनुहुन्छ तर कहिले कसको बाइकमा लिफ्ट लिनुहुन्छ, कहिले कसको। आखिर किन?'
'पुरानो डुंगा' चलचित्र बजारमा आइसकेपछि अभिनेता दयाहाङ राईका दर्शकबीच राईले बाइक चलाउने विषयमा चर्को मतभेद भएको थियो। यसलाई समेटेर राई जवाफ दिइहाले, ‘खासमा मलाई बाइक चलाउन आउँदैन। आजसम्म बाइक सिकेको पनि छैन। मेरो मिल्ने साथी अभिनेता रविन पाण्डेको बाइक दुर्घटनामा मृत्यु भएको थियो। त्यस दिनदेखि बाइकप्रति मोह भंग भएको थियो।' उक्त घटनापश्चात उनलाई बाइक चढ्न डर लागेको बताए। 'म आफैँ पनि साथीको मोटरसाइकलमा चढ्दा दुई पटक दुर्घटनामा परेको हुँ। नपत्याए हातमा अझै निशान बाँकी छ', उनले भने।
'पुरानो ढुंगा'का लागि आफू एकचोटि बाइक सिक्न जाँदा रातभर कालो घोडाले लखेटेका कारण रामबाबु गुरुङले अर्को उपाय लगाएका उनले सुनाए। 'अर्कै मेसिन जोडेर पुरानो ढुंगामा बाइक चलाएको हुँ।‘ यसका लागि चार लाख रुपैयाँ अतिरिक्त बजेट लागेको किस्सा रहेको बुद्धिसागरले बताउँदा दर्शक दीर्घामा हाँसो फैलिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।