|

काठमाडौं : केही दिनअघि हिमाली जिल्ला डोल्पाको उपल्लो भागमा रहेको शे–फोक्सुण्डो गाउँपालिका- ४ स्थित राहाप गुम्बाका बुद्धमूर्ति चोरी गरेको अभियोगमा एक जना वडा अध्यक्षसहित चार जना पक्राउ परे।

पक्राउ पर्ने वडा अध्यक्षमा डोल्पोबुद्ध गाउँपालिका वडा नम्बर- ५ का वडा अध्यक्ष ३५ वर्षीय कार्मा गुरुङ रहेका थिए। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) काठमाडौंको बौद्धबाट पक्राउ गरेर डोल्पा प्रहरीलाई बुझाएको थियो।

त्यसको दुई दिनपछि पुस २७ गते अवैध सुनसहित अर्का वडा अध्यक्ष पक्राउ परे। पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका- १९ का वडाध्यक्ष हकिम मियाँ रहेका थिए। उनलाई सिरहा सशस्त्र प्रहरीको टोलीले पूर्व-पश्चिम राजमार्गको गोलबजार नगरपालिका- ९ घुर्मी पुलबाट बिआर ३२ पिए ४६४४ नम्बरको स्कर्पियो जीप लहानतर्फ जाँदै गर्दा जाँचका क्रममा उनको साथबाट एक किलो ७५७ ग्राम अवैध सुनसहित पक्राउ गरेको थियो।

त्यसैगरी बैशाख ८ मा नुवाकोटको दुप्चेश्वर गाउँपालिका- १ का वडाध्यक्ष सुनबहादुर तामाङ पक्राउ परेका थिए। तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले केन्द्रीय कारागार डिल्लीबजार अगाडिबाटै पक्राउ गरेको थियो। उनीमाथि मानव बचेबिखनको अभियोग छ।

यसअघिसमेत उनले मानव बेचबिखन मुद्दामा छ वर्ष कैद सजाय भुक्तान गरेका थिए। उल्लेखित तीनै जना जनप्रतिनिधिमाथि हाल थुनामै राखेर अनुसन्धान भइरहेको छ।

सातवटै प्रहरी प्रदेश कार्यालयको तथ्यांकअनुसार यसरी जनताबाट निर्वाचित जनप्रतिनिधि विभिन्न आपराधिक कार्यमा संलग्न भएको आरोपमा देशभरबाट ६९ जना पक्राउ परेका छन्।

जनप्रतिनिधि नै विभिन्न अपराधमा संलग्न हुनु दुर्भाग्य भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार कतिपय जनप्रतिनिधि गंभीर र जघन्य अपराधमा समेत संलग्न हुने पाइएको छ। यो देशका लागि दुखद रहेको विभिन्न प्रदेश प्रहरी कार्यालयको भनाइ छ।

यसमध्ये सबैभन्दा बढी २ नम्बर प्रदेशमा रहेका छन्। विभिन्न आपराधिक घटनामा संलग्न रहेको आरोपमा २ नम्बर प्रहरीले १७ जना जनप्रतिनिधिलाई पक्राउ गरेको छ।

हेर्नुहोस् कुन प्रदेशका कति जनप्रतिधि पक्राउ परे? 

 

सि.नं.

शीर्षक

प्रदेश १

प्रदेश २

प्रदेश ३

प्रेदश ४

प्रदेश ५

प्रदेश ६

प्रदेश ७

सार्वजनिक अपराध

जबर्जस्ती करणी

जबर्जस्ती करणी उद्योग

कर्तव्य ज्यान

ज्यान मार्ने उद्योग

सरकारी छाप किर्ते

झूटा विवर बनाएर

सवारी ज्यान

जातीय छुवाछुत

१०

बोक्सीको आरोप

११

जुवा/लागुऔषध

१२

कुटपिट

१३

बहुविवाह

१४

मूर्ति चोरी

१५

शिक्षा ऐन

जम्मा

११

१७

१०

११

१०

'अपराधी कानुनको दायरमा आउनै पर्छ'

अपराधमा संलग्न जो कोही पनि कानुनको दायरामा ढिलो चाँडो आउनै पर्ने नेपाल प्रहरीको भनाइ छ। समाजमा हरेक किसिमका मान्छे हुन्छन्। उनीहरूको आचरण पनि भिन्नाभिन्नै हुन्छन्। त्यहीमध्ये कुनै न कुनै मान्छे केही न केही पेसा व्यवसायसँग जोडिए पनि अपराधको शृंखला उस्तै रहने पर्हरीको भनाइ छ।

पक्राउ परेका जनप्रतिनिधिहरू पनि त्यसैको एक हिस्सा भएका कारण उनीहरूलाई कानुनको दायरामा ल्याएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तम सुवेदीको भनाइ छ। अपराध गरे कुनै पनि नेपाली नागरिकले छुट नपाउने सुवेदीको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.