|

काठमाडौं : तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच केन्द्रीय तहमा एकता भएर नेपाल कम्युनिस्ट पार्टी गठन भएको लामो समय बितेको छ।  केन्द्रमा एकता भएपछि प्रदेश कमिटीबाहेक तल्ला कमिटीको एकीकरण, जनवर्गीय संगठनहरूको एकता, केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड, विभाग, सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च निर्माणलगायतका कार्य सम्पन्न गर्न बाँकी छ।

गएको पुस १३ गते सकिएको नेकपाको स्थायी कमिटी बैठकले सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदललाई पुस मसान्तसम्म एकताको बाँकी सांगठनिक कार्यभार पूरा गर्ने जिम्मेवारी दिएको थियो। तर, विवादका कारण अहिले कार्यदलको औपचारिक बैठकसम्म बस्न सकेको छैन। पार्टी एकता सोही कारणले निष्कर्षमा नपुगिरहेको अवस्थामा नेकपा स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग पार्टी एकता लगायतका विषयमा थाहाखबरका लागि देविका घर्ती मगरले गरेको कुराकानी प्रस्तुत छ।

तत्कालीन एमाले र माओवादी एक भएर बनेको नेकपाको एकता टुंगोमा पुर्‍याउन रामबहादुर थापाको नेतृत्वमा कार्यदल गठन गरेको थियो, त्यो कार्यदलले कहिलेसम्म एकताको टुंगो लगाउँछ?

यी कुराहरू आइरहँदा मैले के कुरा आग्रह गर्दछु भन्दा जतिबेला हामीले पार्टी एकताको कुरा गर्‍यौँ, त्यतिबेला कसैले पनि यसलाई विश्वासै गरेका थिएनन्। हामीले निर्वाचनमा चुनावी गठबन्धन गर्छौ भन्दा कसैले पत्याएनन्। 'एमाले र माओवादीको गठबन्धन हुँदैन' सम्म भने, हामीले गठबन्धन गर्‍यौँ।

कार्यदलको काम, क्रियाशिलता निरन्तर जारी छ तर, दिइएको समयभित्र कार्यदलले काम सकेको छैन। एउटा कोणबाट बारम्बार 'हैन खै यो त भएन? यो त आकाशै खस्यो' भन्ने ढंगले कुराहरू आइरहेका छन्। यी कुराहरू आइरहँदा मैले के कुरा आग्रह गर्दछु भन्दा जतिबेला हामीले पार्टी एकताको कुरा गर्‍यौँ, त्यतिबेला कसैले पनि यसलाई विश्वासै गरेका थिएनन्। हामीले निर्वाचनमा चुनावी गठबन्धन गर्छौ भन्दा कसैले पत्याएनन्। 'एमाले र माओवादीको गठबन्धन हुँदैन' सम्म भने, हामीले गठबन्धन गर्‍यौँ। गठबन्धन गरेपछि 'यो टिक्दैन' भनेर उनीहरूले भने, यो टिक्यो। चुनावमा जनताले आशीर्वाद पनि दिए। 

त्यसपछि हामीले गठबन्धन होइन हामीले त पार्टी एकता नै गर्छौँ भन्यौँ। कसैले विश्वास गरेनन् तर पार्टी एकता भयो। हामीले केन्द्रीय स्तरमा एकीकरण पनि गर्‍यौँ। यो प्रकृयालाई टुंगोमा पुर्‍याउनेतर्फ अहिले हामी अगाडि बढिरहेका छौँ। विवादै छैन। यत्रो ठूलो चुनौतीको सन्दर्भमा हामीले भन्दा विश्वास नगरेको त त्यसै त होइन नि! किनभने थुप्रै कुराहरू थिए त्यसैले विश्वास भइरहेको थिएन। यो अवस्थामा पार्टी एकीकरणको चुनौतीलाई टुंगोमा पुर्‍याउन गइरहेका छौँ। हामी पार्टी एकता गर्छौँ, यो टुंगिन्छ। अहिले केही ढिलाइ भइरहेको छ। अहिले कार्यदल बनाइएको छ। त्यो कार्यदलले काम टुंगोमा पुर्‍याउन उसले गृहकार्य गरिरहेको छ। तर, केही ढिलाइ भइरहेको छ। 

पार्टी एकतालाई टुंगोमा पुर्‍याउन गठन गरिएको कार्यदलभित्रै विवाद भएको सार्वजनिक भएको छ। अनि कार्यदलको बैठक पनि बस्न सकेको छैन। यसरी कार्यदलकै बैठक अवरुद्ध पार्ने विवाद केमा भएको हो?

यसमा चाहिँ विवादै भएन नि! उदाहरणका लागि यत्रा ठूला दुई पार्टीहरू जो गाउँगाउँसम्म क्रियाशील थिए तिनिहरूको बीचमा एकताबद्ध हुनुछ। पार्टी एकता गर्ने नाममा ठूलोठूलो हजारौं संख्याको कमिटी बनाउन मिलेन। त्यसका लागि निश्चित आधार छ। अब त्यो मात्राको कमिटी बनाउनुपर्‍यो। त्यसमा कसैलाई पनि तलमाथि हुन दिनुभएन। सबैका सबै उपयुक्त साथीहरू समेटिनुपर्‍यो। त्यो सबै कुरा गर्नका लागि व्यापक छलफल भइरहेको छ। विवाद धेरै साँघुरिएको छ, तर टुंगोमा पुगिसकेको छैन। अब यो चाँडै टुंगोमा पुग्छ भन्ने सम्बन्धित साथीहरूको भनाइ छ। 

पार्टी एकताको जिम्मेवारी कार्यदलले पूरा गर्न नसकेर सचिवालयमा नै फर्किने हो कि?

अहिले त्यस्तो परिस्थिति बनिसकेको छैन। अहिले दुई अध्यक्ष यसमा लागिरहनुभएको छ। उहाँहरूका बीचमा हिजो (शनिवार)पनि भेटघाट भयो। आज बिहान (आइतबार) पनि छलफल भएको छ। किनभने कार्यदलले उहाँहरूलाई निरन्तर 'रिपोर्टिङ' गरिरहेको छ। प्रयास निरन्तर जारी छ। पार्टी एकताकार्य छिट्टै टुंगिन्छ।

दुई अध्यक्ष यसमा लागिरहनुभएको छ। उहाँहरूका बीचमा शनिवार भेटघाट भयो। आइतबार पनि छलफल भएको छ। किनभने कार्यदलले उहाँहरूलाई निरन्तर 'रिपोर्टिङ' गरिरहेको छ। पार्टी एकताकार्य छिट्टै टुंगिन्छ।

आजै (माघ ६ गते) प्रधानमन्त्री स्विट्जरल्यान्ड जान लाग्नुभएको छ, यो कस्तो भ्रमण हो? आलोचकहरूले यसलाई 'कक्टेल पार्टी' भन्न थालेका छन्, यस्तै हो कि केही लाभ पनि हुन्छ?

आगामी जनवरी २२ गतेदेखि २५ सम्म (माघ ८ गतेदेखि ११ गतेसम्म) हुने स्विट्जरल्यान्डको डावोसमा हुने 'वर्ल्ड इकोनोमिक फोरम'को वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री प्रस्थान गर्नुभएको छ। पहिलोपटक नेपालले यो स्तरको सम्मेलनमा सहभागीता जनाउने मौका पाएको छ।नेपालले आफ्नो कुरा त्यहाँ राख्‍ने अवसर पाएको छ। यो तहबाट हामी सहभागी हुँदैछौँ। प्रधानमन्त्रीज्यूले नेपालको तर्फबाट नेपालको कुरा राम्रोसँग त्यहाँ राख्‍नुहुनेछ। नेपाललाई अगाडि बढाउन यो आधार हुनेछ।

समृद्ध नेपाल सुखी नेपालीको नारालाई व्यवहारमा अनुभूत हुने ढंगले कार्यान्वयन गर्नमा यो सहभागिताले राम्रो भूमिका निर्वाह गर्छ। अब हामीले त्यहाँ हाम्रा कुरा सशक्त र प्रभावकारी ढंगले राख्‍ने हो। विश्वका विभिन्न मुलुकहरूसँगको सम्बन्धलाई ठीक ढंगले विस्तार गर्न लागिएको हो। त्यसो गर्न सकिन्छ भन्ने प्रधानमन्त्रीको विश्वास छ। उहाँले त्यही भन्नुभएको छ। यसमा हामीलाई सफलता प्राप्त हुन्छ भन्नेमा म विश्वस्त छु। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.