|

काठमाडौं : कंचनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्तको प्रहरीले स्केच बनाएर अनुसन्धान सुरू गरेको छ। निर्मला पन्तको बलात्कार र हत्याबारे अनुसन्धान गर्न कंचनपुर पुगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली र महानगरीय अपराध महाशाखाकाको संयुक्त टोलीले अभियुक्तको स्केचक बनाएर अपराधीको अनुसन्धान सुरू गरेको हो।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार निर्मलाको बलात्कारपछि हत्या गरिएको स्थानतिर सधै जसो आवत जावत गर्ने र महिला देखेपछि असामान्य व्यवहार देखाउने पुरूषको स्केच बनाएर खोजी भइरहेको जनाएको छ।

निर्मलाको हत्या अनुसन्धान गर्न प्रहरी प्रधानकार्यालयले आधा दर्जन भन्दाबढी टोलीलाई कंचनपुर पठाइसकेको छ। हाल सिआइबीका प्रहरी उपरीक्षक सुदीप गिरी नेतृत्वको टोली कंचनपुरमा रहेको छ।   

निर्मला हत्या प्रकरणका कारण प्रहरीको चौतर्फी आलोचना भइरहेको छ। प्रहरीले सुरुवाती चरणमा गरेको कमजोरीका कारण अपराधीसम्म पुग्न केही समय लागे पनि अपराधी पत्ता लाग्ने प्रहरी प्रवक्ता उत्तम सुवेदीको भनाइ छ।

निर्मला हत्या अनुसन्धान प्रकरणमा सुरुवाती चरणमै प्रहरीले लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले क‌ंचनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट समेत बर्खास्त गरिसकेको छ।

भेजिनल स्वाबमाथि नै प्रश्न  

प्रहरीसँग निर्मला हत्या पत्ता लगाउने एक मात्र प्रमाणको रुपमा निर्मलाको यौनिमा रहेको भेजिनल स्वाब मात्रै रहेको छ। निर्मला हत्याका अन्य प्रमाण नहुँदा प्रहरीलाई अपराधी पत्ता लगाउन कठिन भएको हो।

तर,राष्ट्रिय मानवअधिकार आयोगले केही दिन अघि सरकारलाई बुझाएको प्रतिवेदनमा निर्मलाको योनिबाट निकालिएको स्वाबमासमेत केही प्राविधिक त्रुटि रहेको प्रतिवेदन बुझाएपछि निर्मला हत्याको अनुसन्धानमा थप अन्यौल सिर्जना भएको छ।

कतिपय प्रहरी अधिकारीका अनुसार स्वाबमा केही त्रुटि रहेका कारण निर्मला हत्याको साविति बयान दिँदा समेत डिएनए नमिलेको बताउछन्। प्रहरीले हालसम्म निर्मला हत्याका आशंकामा एक हजार भन्दा बढीलाई सोधपुछ गरिसकेको छ।

त्यस्तै १५ जनाको डिएनए समेत परिक्षण गरिसकेको छ। तर अपराधीसम्म प्रहरी पुग्न सकेको छैन। निर्मला साउन १० गते साथी रोशनी बमको घर गएका बेला हराएकी थिइन्। उनको शव ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारिका भेटिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.