|

डोल्पा : हवाई यातायात नै कर्णालीवासीको भरपर्दो साधन हो। कर्णाली प्रदेश अन्तर्गत पर्ने जुम्ला,हुम्ला,मुगु र डोल्पामा सडक यातायातको राम्रो पहुँच छैन्।अझ डोल्पाली,मुगाली र हुम्ली जनताकोलागि हवाई जहाजनै यातायातको निर्विकल्प साधनको रुपमा रहँदै आएको छ।

एक जिल्लाबाट अर्को जिल्लामा आवत जावत गर्दा अधिकांश जनताले हवाईजहानै प्रयोग गर्छन्।दैनिक भान्सामा पाक्ने चामल,नुन,तेल लगाएतका उपभोग्य सामाग्रीहरु ढुवानी समेत हवाई जहाजबाटै गरिन्छ।

हुम्ला र डोल्पामा त बिकास निर्माणकालागि आवाश्यकपर्ने सामाग्रीहरु पनि जहाजबाटै ढुवानी गरिन्छ। कर्णालीमा सडक यातायातको पर्याप्त विकास नभएकाले  बर्षौदेखिनै कर्णालीको यातायात सेवा हवाई जहाजले नै धानेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए। विमानकम्पनीहरुले सधैँ नाफामात्रै हेर्नुभन्दा कहिलेकाँही दुर्गमका जनताको समस्यालाइ पनि मध्येनजर गर्दै उडान गर्नुपर्ने उनको भनाइ छ।

कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेत पुग्न सिधै जहाजको पहुँचहुनुपर्ने कर्णालीबासीले माग गरेका छन्। भौगोलिक बिकटताका कारण कर्णालीमा हवाईजहाज नै निर्विकल्प यातायातको साधन भएकाले कर्णालीका जुम्ला, हुम्ला, मुगु र डोल्पाका नागरिकलाई हवाई जहाजनै सजिलो हुने उनीहरुले बताएका हुन्।

प्रदेश राजधानीमै विमानस्थल भ एपनि सुर्खेतसम्म पुग्न पाँच नंम्बर प्रदेशमा पर्ने नेपालगञ्ज पुगेर गाडीमा जानुपर्ने बाध्यता रहेको त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानीय विष्णु न्यौपानेले बताए। 'सुर्खेत जान जहाज र गाडी दुइवटा साधनको प्रयोग गनुपर्छ,हुम्ला,जुम्ला,मुगु र डोल्पाबाट सिधै हवाईयातायात जोडिएको भए सर्वसाधारणको खर्च र समय दुबैको बचत हुन्छ।'

कर्णालीमा हवाई सुविधा दिँदै आएका सरकारी तथा निजी एयरलाइन्ससँग सहमती गरेर सिधा उडान गराउनुपर्ने कर्णालीवासीको माग छ। सुर्खेतसम्म सिधै हवाई यातायातको पहुँच भए कर्णालीका उत्पादनहरु अन्तर प्रदेशीय कानुनी झन्झटबिनानै पुर्‍याउन सकिने ब्यवसायीहरुको भनाइ छ।त्यतिमात्र नभई पर्यटन पवद्धनका हिसाबमा समेत सिधा हवाई यातायात जोडिनु महत्वपुर्णहुने पर्यटन ब्यवसायीहरु बताउँछन्।

हवाईजहाज चढ्नु कर्णालीबासीकालागि बाध्यात्मक अबस्था हो। 'गाडीभन्दा हवाईजहाज खर्चिलो पक्कै हुन्छ तैपनि गुणस्तरीय,शिक्षा,स्वास्थकालागि पनि सहर बजार पुग्नुपर्ने बाध्यता छ'डोल्पाबाट निर्वाचित प्रदेशसभा सांसद वीरबहादुर शाहीले बताए।

'सडक यातायातको राम्रो बिकास नहुँदासम्म कर्णालीमा हवाई यातायातको बिकल्प छैन्,संघियताको मर्मअनुसार प्रदेशका सम्पुर्ण जिल्लाका जनताले सिधै राजधानीसम्म जोडिन पाउनु उनीहरुको अधिकार हो'उनले भने। 'सुर्खेतमा विमानस्थल छँदै छ, विमानस्थलको सुविधा भएका जिल्लाका नागरिकहरु सिधै सुर्खेत झर्ने वाताबरण प्रदेश सरकारले मिलाउनुपर्छ, कर्णालीवासीको माग पनि त्यही हो' शाहीले भने।

कम्पनीसँग कुरा भइरहेको छ : प्रदेश सरकार

कर्णालीबासीलाइ सिधै प्रदेश राजधानीसम्म जोड्नकालागि बिमान प्रदायक कम्पनीहरुसँग कुरा गरिरहेको प्रदेश सरकारले जनाएको छ। यात्रुहरुको चहलपहल र सामानहरु धेरै ढुवानी गर्न पाइने भन्दै निजी विमान कम्पनीहरुले नेपालगञ्ज विमानस्थल छोड्न मानेका छैनन्।

हामीले बारम्बार सिधै सुर्खेतबाट उडान गर्न ताकेता गरिरहे पनि विमान प्रदायक कम्पनीले नसुनेकाले कर्णालीवासीको सुविधाका लागि अब पेलेरै भए पनि उडान गर्न लगाउने उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले बताए।

दैनिक उडान गर्न सकिँदैन भने एउटा कम्पनीको जहाजले हप्तामा तीनवटा उडाए पनि कर्णालीका जनताले सुर्खेतसम्म सिधै हवाई सुविधा पाउने मन्त्री बुढाको भनाइ छ। प्रदेश सरकारले बारम्बार सुर्खेतबाटै कर्णालीमा हवाई सुबिधा दिन निर्देशन दिए पनि एयरलाइन्स कम्पनीहरुले अटेरी गरिरहेका छन्। विभिन्न एयरलाइन्सका जहाजलाई सुर्खेतमा नाइट स्टप गराएर उडान गर्न लगाउनुपर्ने प्रदेश सरकारलाई कर्णालीका जनताको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.