|

धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण आज देखी सुरु हुँदैछ। 

धनगढीको फाप्ला मैदानमा हुने  पहिलो खेलमा घरेलु टोली धनगढी स्टार्स र काठमाडौं गोल्डेन्सले प्रतिसप्रर्धा गर्ने छन्। यी दुईबिचको खेल सोमबार विहान ९ बजे सुरु हुने छ। दोस्रो खेलमा महेन्द्रनगर युनाइटेट र रुपन्देही च्यालेन्जबीच हुनेछ। 

फागुन ११ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रोले ४ लाख र चौथो स्थानमा रहनेले २ लाख प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता पाउनेछ।

प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था हुने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.