काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दाको सुनुवाइ बिहीबार हुनेभ एको छ। स सुनुवाईका लागि बैंक अफ काठमाडौंले कानुनी परामर्शदातालाई चीन पठाइसकेको जनाएको छ।
यसअघि मेलम्ची खानेपानी आयोजना निर्माणका लागि नेपाल आएको चिनियाँ ठेकेदार कम्पनी सिआरसिसी–सिएमआइई चाइना जेभीलाई काउन्टर ग्यारेन्टी भुक्तानी दिएबापत बैंकको फसेको पैसा उठाउन बैंकले कानुनी परामर्शदाताको टोली चीन पठाएको हो।
कम्पनीले बैंकमार्फत काउन्टर ग्यारेण्टी प्राप्त गरी उक्त काउण्टर ग्यारेण्टीको सुरक्षणमा मेलम्ची खानेपानी आयोजनालाई ६६ लाख २० हजार अमेरिकी डलर तथा युरो १४ लाख युरो बराबरको ग्यारेण्टी जारी गरेको थियो।
अन्तर्राष्ट्रिय नियम र अभ्यासअनुसार चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाडौंलाई जारी गरेको काउण्टर ग्यारेण्टी एउटा स्वतन्त्र र शर्तहीन दायीत्व भएको जनाएको छ। यसअनुसार नेपालले उक्त ग्यारेण्टीको रकम काउण्टर ग्यारेण्टी सम्वन्धी आइसिसी युआरडिजीको नियम र अभ्यासअन्तगर्त फिर्ता पाउने अधिकार राख्ने बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।