|

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरूलाई गम्भीर हुन आग्रह गर्नु भएको छ। व्याजदर नियन्ण गर्न भन्दै प्रधानमन्त्री समेत गुहारेका व्यवसायी विज्ञ तथा बैंकरहरूसँगको सोमबार गरेको छलफलमा अर्थमन्त्री खतिवडाले बैंकहरूलाई गम्भीर हुन आग्रह गर्दै नभए हस्तक्षेप गर्ने चेतावनी दिएको छलफलमा सहभागीले बताएका छन्। 

बैंक र उद्योग व्यवसाय एक आपसमा परिपुरक हुन बैंक मात्र वा व्यवसायी मात्रै मोटाउने अवस्था आउनु हुदैन अहिले बैंक गम्भिर हुनु पर्ने देखिएको छ" अर्थमन्त्रीलाई उदृत सहभागी एकले भने अर्थमन्त्रीले समस्या समधान गर्ने आश्‍वासन पाएको र मौद्रिक नीतिको समिक्षा मार्फत अहिले समस्या समधान गर्ने अपेक्षा राखिएको व्यवसायीले बताएका छन्। 

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले सोमबार  साँझ बस्ने सञ्चालक समितिको बैठकले सकारात्मक सन्देश दिने आश्‍वासन उद्योगी व्यवसायी र बैंकहरूलाई दिए।  यसअघि गत शुक्रबार अर्थमन्त्री र गभर्नरलाई राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीका समस्या समधान गर्न आग्रह गरेका थिए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले प्रधानमन्त्रीको आश्‍वासनसँगै आशावादी रहेको बताइन्।"अर्थमन्त्रीले उत्पादनमुलक उद्योगको व्याज घटाउनै भन्नु भएको छ, गभर्नरले छिट्टै सकरात्मक सन्देश आउछ भन्नु भएको छ हामी प्रतिक्षामा छौँ" अध्यक्ष राणाले भनिन्।

 नेपाल उद्योग वाणिज्य महासंघले सरकारले हस्तक्षेप गरेर भएपनि व्याजदर एकल विन्दुमा राख्नु पर्ने माग गरेको छ। नेपाल उद्योग परिसंघले भने व्याजदर सरकाले तोक्न नहुने तर औजारहरू चलाएर नियन्त्रण गरिनु पर्ने बताएको छ। "अहिले बजारमा तीन सय अर्ब पैसाँ आयो भने व्याजदर नियन्त्रण हुन्छ" नेपाल उद्योग परिसंघका बैंकिङ समिति सभापति अनलराज भट्टराईले भने। 

मोरङ उद्योग वाणिज्य संगठनका अध्यक्ष पवन सारडाले नेपाल राष्ट्र बैंकले बैंकको मात्रै संरक्षण गरेर तर उद्योगीको समसया नबुझ्को भन्दै व्याजदर एकल विन्दुमा नझारे उद्योग व्यवसाय गर्ने वातवरण नबन्ने बताए। 

बैंकर संघले भने अहिले व्याजदर नियन्त्रण गर्नु पर्ने अवस्था नहरकेो भन्दै व्याजदर नियन्त्रणले बजारलाई छोड्नु पर्ने बताएका थिए। उद्योगी र बैंकरका विषयलाई समेत राखेर नेपाल राष्ट्र बैंकले बुधबार मौद्रिक नीतिको अर्द्धबार्षिक समिक्षा गर्ने तायारी गरेको छ। अर्धवार्षिक समिक्षा मार्फत अहिलेको समस्या समधान हुनेमा उद्योगी व्यवसायी र बैंकरहरु अपेक्षित छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.