|

काठमाडौं : सिंहदरबारमा बुधबार राज्य व्यवस्था समितिको बैठकमा नागरिकता विधेयकबारे दफाबार छलफल भइरहेको थियो। त्यतिबेलै गृह सचिव प्रेमकुमार राईलाई कसैको फोन आयो। उनले बाहिर निस्केर फोन उठाए। उनी मलीन अनुहार लिएर बैठकमा फर्केर भने, 'एउटा दुखद खबर छ पर्यटन मन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टिक हेलीकोप्टर दुर्घटना भएको खबर छ।'

एकाएक बैठकमा उपस्थित सबैको अनुहार मलीन देखियो। यत्तिक्कैमा समिति सभापति शशी श्रेष्ठले दुखद खबर सुन्नु परेकाले आजको बैठक स्थगित गरेको उद्घोष गरिन्। त्यसपछि सबै मिडियाहरूमा ब्रेकिङ समाचार आउन थाल्यो।

त्यसपछि तेह्रथुमका सांसद विजय सुब्बाले तेह्रथुमको आठ राई गाउँपालिका चुहान डाँडामा विमानस्थल अवलोकनका लागि आफूलाई पनि सँगै जान अनुरोध आएको तर सिट नपुकोले आफू नगएको बताए। हेलिकोप्टर  ताप्लेजुङ जानुको कारण भने आफूलाई थाहा नभएको उनले सुनाए। गृह सचिव राईले पनि पर्यटन मन्त्री अधिकारीले आफूलाई पनि सँगै जान भन्नुभएको तर आफ्नो समय अभावका कारण आफू जान नपाएको सुनाए।

सम्बन्धित समाचारहरू

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.