|

तनहुँ : व्यास नगरपालिका २ अमरापुरीमा हरियो बाँस उठाउँदा करेन्ट लागेर एक जनाको शनिबार मृत्यु भएको छ।

मृत्यु हुनेमा व्यास नगरपालिका १ करङकाठका ३९ वर्षीय देउबहादुर श्रेष्ठ रहेका छन्। आफ्नै बारीको बाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। हरियो बाँस उठाउँदा विद्युतीय नाङगाे तार छुँदा विद्युत् प्रवाह भएर करेन्ट लागेको उनले बताए। 

दमौली अस्पतालमा शव पोष्टमार्टम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। मृतक श्रेष्ठ होटल व्यवसायी भएको उनका आफन्तले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.