|

काठमाडौं : विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक (फिटा) संसदको उद्योग तथा आपूर्ति र श्रम तथा उपभोक्ता हित समितिमा छलफल सुरू भएको छ। लगानी सम्मेलनलाई केन्द्रित गरेर छिटो पास गर्ने तयारीमा रहेको विधेयकको समितिले बिहीबार संशोधनकताहरूसँग छलफल गरेको हो।

३५ संशोधनकर्ताले संशोधन दर्ता गराएको यो ऐनमा धेरै त्रुटि भएको सत्तापक्ष प्रतिपक्षका सांसदले बताएका छन्। संसोधनकर्ता तथा कांग्रेस सांसद गगनकुमार थापाले फिटा कुन उद्देश्‍यको लागि ल्याइएको र यसको परिणाम केहो भन्ने विषयसमेत प्रष्ट नभएको दाबी गरे। उनले ऐनबाट आकर्षित हुनुपर्ने विदेशी लगानीकर्ता, गैरआवसीय नेपाली आकर्षित नभएको र स्वदेशी लगानीकर्ता अतालिएको बताए।

विदेशी लगानीकर्ता आकर्षिक नभएको र ऐनलाई ध्यानपूर्वक हरेको विषयमा उनले अमेरिकी राजदूतको ट्विटको प्रसंग निकाले। ‘संयुक्त राज्य अमिरकाका राजदूतले यो ऐनलाई लिएर ट्विट गर्नु भएको छ' संशोधनकर्ताहरूको तर्फबाट बोल्दै सांसद थापाले भने ‘ट्विटको सारमा यो ऐन अन्तर्राष्ट्रिय उत्तम अभ्यासको आधारमा छ कि छैन, त्यसैले यो ऐन पारित गर्नु विज्ञहरू राखेर सार्वजनिक सुनावाइ गर्न र हाइअलर्ट हुन भनिएको छ।’ सांसद थापाले अमेरिका लगायतका क्षेत्रबाट लगानी भित्र्याउने नाममा ऐन सरलीकृत गर्ने तर त्यो देशका प्रतिनिधिले हाइअलर्ट भन्नुले उत्सहित नभएको पुष्टि भएको भन्दै गम्भीर छलफल गर्नुपर्ने बताए।

त्यस्तै, अन्तर्राष्ट्रिय लगानी ल्याउने र मध्यस्तकर्तासमेत राख्न सकिने गैरआवसीय नेपाली पनि यो ऐनबाट उत्साहित नभएको टिप्पणी गरे। थापाले भने ‘गैर आवसीय नेपाली देशलाई लगानी भित्र्याउन मध्येस्तकर्ताको रूपमा रहेका छन्। तर, उनीहरू सरकारले केही सुनेन भनेर गुनासो गरेका छन्, नागरिकता ऐनले राजनीतिबाहेक सबै कार्यमा नेपाली सरह गैरआवसीय नेपालीभन्दा ऐन प्रष्ट नभएको देखिन्छ।’

गैर आवसीय नेपालीको पनि ठूला प्रतिनिधि रहेको छ। आफ्ना कुरालाई चित्त बुझाउन नसकिएको नागरिकता ऐनले राजनीति गर्न बाहेक सबैलाई नेपाली नागरिक सरहको व्यहारमा पनि ऐन प्रष्ट नभएको गुनासो आएको छ।

उनले स्वदेशी उद्योगी व्यवसायीहरू सांसदको घरघरमा धाउने गरेकोप्रति पनि समितिले विशेष ध्यान दिन आवश्‍यक रहेको बताए। उनले फिटाले विदेशी लगानीलाई ल्याउनलाई उत्सहित नगरेको तर स्वदेशी लगानीकर्तालाई त्रसाएको बताए। उनले फिटा किन ल्याउनु परेको भन्ने विषयमा समेत प्रष्ट नभएको बताए। ‘विदेशी लगानी पहिलोपटक खुल्ला गरिएको हैन, यसअघिको ऐन कहाँ बाधक भयो, यो ऐन लिएपछि कस्तो प्रभाव पार्छ, ऐन प्रष्ट छैन’ थापाले भने। थापाले यो ऐनले कसलाई उत्साहित बनाएको छ भन्ने विषय र कसरी लगानी बढ्छ भन्ने विषय प्रष्ट नभएको बताए।

सांसद थापाले एकल बिन्दु सेवा भनिए पनि विधेयकको प्रकियाले यस्तो नगरेको समेत बताएका छन्। उनले साना तथा लघु उद्योग र शैक्षिक परामर्श लगायतका क्षेत्रमा विदेशी लगानी खुलाउन नहुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.