|

काठमाडौंः प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले राजनीतिक सहमतिका साथ मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।

सभामुख महराले राजनीतिक अस्थिरता जन्माउने खालका गतिविधि भईरहेकोमा चिन्ता व्यक्त गर्दै मुलुकको समृद्धिमा केन्द्रित हुने गरी राजनीतिक सहमतिका साथ अघि बढन सरकारलाई आग्रह गरे। ललितपुर उद्योग वाणिज्य संघको ५२ औं स्थापना दिवसको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रमैत्री हुने गरी कानुन निर्माण गर्ने काममा आफूले सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

उनले समाजवाद उन्मुख अर्थमन्त्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारको पनि गम्भीर ध्यानाकर्षण गराए। निजी क्षेत्रले पनि लगानी मैत्री वातावरण निर्माण हुने गरी कानुन बनाउन सरकारसँग छलफल गरेरै अघि बढनुपर्ने सभामुख महराको भनाइ छ।

सभामुख महराले सरकारले संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थमन्त्र निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.