काठमाडौं : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्त प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शंकास्पद भन्दै थप दुई जनालाई पक्राउ गरेको छ।
प्रहरी उच्च स्रोतका अनुसार सिआइबीको टोलीले अछामबाट उक्त घटनाको छानबिनका लागि दुई जनालाई पक्राउ गरेको हो। केहीदिनअघि पक्राउ गरेर बयान लिएको सिआइबीको टोलीले उनीहरूको बयान शंकास्पद लागेपछि थप अनुसन्धानका लागि काठमाडौं ल्याउन लागेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरू गत साउन १० गते घटना भएको बेला कञ्चनपुरमै रहेको र लगत्तै अछाम गएर बसेका थिए।
यो प्रकरणमा यसअघि पनि केही व्यक्तिलाई पक्राउ गर्ने र स्थानीय तथा अधिकारवादीको दबाबमा छोड्ने काम हुँदै आएको छ। प्रहरीले भने बाह्य दबाबका कारण अनुसन्धान गर्न नसकिएको गुनासो गर्दै आएको छ। यता, प्रहरी अधिकारीले अनुन्धानमा लापरबाही गरेको भन्दै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलगायत अधिकृत बर्खास्त र निलम्बनमा परेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।