|

काठमाडाैं : एचआइभी/एड्स संक्रमित ५६ वर्षीय पूर्व राष्ट्रिय फुटबल खेलाडी गोपाल श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने जानकारी दिए।

एचआइभी/एड्स संक्रमितहरूले पनि राष्ट्र र समाजका लागि योगदान गर्न सक्षम छन भन्ने सन्देश विश्वलाई दिने उद्देश्यका साथ श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागिएको जानकारी दिए।

पूर्व राष्ट्रिय फुटबल खेलाडी गोपाल श्रेष्ठले शुक्रबार सगरमाथा आरोहणका लागि त्यसतर्फ जाने पनि जानकारी दिए। एचआइभी/एड्स संक्रमितहरूले पनि देश र समाजका लागि योगदान दिन सक्षम छ भन्ने सन्देश दिन आफूले विश्वको सर्वोच्च शिखर सगरमाथा चढने प्रण लिएको एचआइभी/एड्स संक्रमित श्रेष्ठले बताए। विश्वकै एचआइभी/एड्स संक्रमितहरूलाई अवसर दिए जे पनि गर्न सक्छन भन्ने उद्देश्य पनि आफूले लिएको श्रेष्ठको भनाई छ।

एचआइभी/एड्स संक्रमित श्रेष्ठले यस अघि सन् २०१५ मा सगरमाथा आरोहण अभियान सुरु गरे पनि सफल भएका थिएनन्। श्रेष्ठले साहस गरेकाले उनलाई सगरमाथा आरोहणको लागि साथ दिइएको आरोहण अभियानका संयोजक विष्णुबहादुर भट्टराईले जानकारी दिए। आरोहणका लागि ४३ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको र त्यसका लागि ३० लाख रुपैयाँ संकलन भएसकेको छ।

आरोहण अभियानले एचआइभी/एड्स संक्रमित श्रेष्ठलाई सगरमाथा आरोहणका लागि सहयोग गर्न पनि सबैलाई आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.