|

भक्तपुर : बिस्का जात्राको पाँचौ दिन अर्थात नयाँ वर्षको अवसरमा आईतबार भेलुखेल स्थित योसीख्योमा भक्तजनको ठूलो घुइँचो लागेको छ। धार्मिक तथा साँस्कृतिक रुपले अत्यन्त महत्वपुर्ण मानिने योसीख्योमा भैरव, भद्रकाली, बेताल र योसिद्यो(लिङ्गो)को दर्शन गर्नका लागि प्रत्येक वर्ष बैशाख १ गतेका दिनका दिने भक्तजनहरुको घुइँचो लाग्ने गर्छ।

आजको दिन भैरव, भद्रकाली, बेताल र योसीद्योको दर्शन गर्नाले पारिवारिक सुख शान्ति मिल्नुका साथै देशमा समृद्धि छाउने धार्मिक आस्था रहेको छ। भैरव, भद्रकाली, बेताल र योसीद्योको दर्शन र पुजाआजा गर्न भक्तपुर, काठमाडौ, ललितपुर लगायत सिन्धुपाल्चोक र काभ्रेबाट भक्तजनहरु आएका थिए।

आजको दिन नगरबासीले आफ्नो मनोकाक्षा पुरा गर्न भैरव, भद्रकाली र बेताललाई विषेश पुजाका साथै बली समेत दिइन्छ। भक्तपुरको प्रत्येक टोल टोलबाट परम्परागत बाजाहरु धिमेबाजा, बाँसुरीबाजा समेत योसीख्योमा दर्शनका लागि आउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.