|

डोल्पा : हिमाली जिल्ला डोल्पाका महिलाले बिश्व शान्तिको कामना गर्दै प्रशिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरमा बिशेष पूजाआजा गरेकाछन्।

नव वर्ष सुरुवात भएसँगै त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानीय महिला सोमबार सामुहिक रुपमा मन्दिरमा भेलाभइ नवदुर्गा देबीको पूजाआजा गर्दै बिश्व शान्तिको कामना गरेका हुन्। बिश्वमा दिनप्रतिदिन बडिरहेको हत्या, हिंसा, बलात्कार तथा प्राकृतिक बिपत्तिका कारण हजारौँ मान्छेले ज्यान गुमाउँदै आएकाले २०७६ सालमा यस्ता घटनाहरू नघटुन भन्दै त्रिपुरा सुन्दरी मन्दिरमा लाख बत्ति बालेर नर्वदुर्गा देबीको पूजाआजा गरिएको स्थानीय महिला गोमा उपाध्यायले बताइन्।

देशकै एक प्रमुख शक्ति पीठको रुपमा स्थापित बाला त्रिपुरा सुन्दरी मन्दिरमा पुजाआजागर्दा गाउँ, जिल्ला,देश हुँदै समग्र बिश्वमा शान्ति स्थापना हुने बिश्वास रहेको उपाध्यायले बताइन्। यहाँका महिलाले देउसी भैलो खेलेर उठाएको ६५ हजार रकमबाट किनेको तामाको आरती समेत त्रिपुरा सुन्दरी मन्दिरमा चढाएका छन्।

लाखबत्ति बाल्नका लागि प्रयोग हुने आरती बाजागाजासहित मन्दिरमा लगिएको छ। आरती स्थानीयले मन्दिर बाहेकको अन्य ठाउँमा पूजाआजा गर्न निश्चित भेटी (शुल्क) तिरेर प्रयोग गर्न सक्ने महिलाले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.