|

काठमाडौं : नेपालमा कुल किशोर किशोरीमध्ये जम्मा ४०.९ प्रतिशत मात्र सुरक्षित गर्भपत सेवाको पहुँचमा रहेका छन्। नेपालमा हाल १० देखि १९ वर्षका किशोर किशोरीको संख्या ६४ लाख छ । 

स्वास्थ्य सेवा विभागको परिवार कल्याण माहाशाखाका अनुसार नेपालमा परिवार नियोजनको साधन प्रयोग गर्नेमा अविवाहित किशोर किशोरी भन्दा विवाहित किशोर किशोरी धेरै छन् । 

किशोर किशोरीहरुमध्ये ४०.९ प्रतिशतले मात्र सुरक्षित गर्भपत सेवा लिने गरेका छन्। जसमा १४.५  प्रतिशत विवाहित किशोरकिशोरीले मात्र परिवार नियोजनको साधन प्रयोग गरेका छन्। यस्तै १७ प्रतिशत किशोरीहरु १९ वर्षसम्म आमा बनिसक्नेसमेत महाशाखाले जनाएको छ।

किशोरकिशोरीहरुमा परिवार नियोजनको साधन र सुरक्षित यौनसम्बन्धबारे कम जानाकारी रहेको महाशाखाले उल्लेख गरेको छ। कम उमेरमै किशोरकिशोरीले असुरक्षित यौनसम्बन्ध राख्दा बाबुआमा आमाबुवा बन्‍ने गरेको महाशाखा प्रमुख डा आरपी बिच्छाले बताए।

परिवार नियोजनको साधनलाई सेवाग्राही मैत्री बनाउन नसक्दा महिलाहरु यसको प्रयोगबाट टाढा रहेको उनको भनाइ छ। 'हाल देशभर ११३१ प्राथामिक स्वास्थ्य संस्थाबाट परिवार नियोजनको साधन र परामर्श सेवा दिइन्छ', उनले भने, 'तर दिनमा मात्र दिइने यो सेवा किशोर किशोरीको पहुँचमा छैन ।  दिउँसोमा धेरै किशोरकिशोरी विद्यालयमा हुन्छन् । बिहान बेलुकी स्वास्थ्य संस्थाहरु बन्द हुन्छ।'

गत वर्षको किशोरकिशोरी तथा युवा सर्वेक्षणका अनुसार १५ देखि १९ वर्ष उमेर समूहका १२.३ प्रतिशत किशोरीले घरेलु र यौन हिंसामा पर्ने गरेका छन् । त्यस्तै १० देखि १४ वर्ष उमेर समूहका ४१ प्रतिशत बालबालिका कुनै न कुनै प्रकारको यौन तथा घरेलु हिंसाबाट पीडित हुने गरेका छन् । 

३०.४ प्रतिशत किशोर किशोरीले विभिन्‍न मादक  प्रदार्थ पिउने गरेको पनि सर्भेले देखाएको छ। किशोर किशोरीको कुल संख्यामध्ये एकतिहाइले चुरोट र सुर्तीजन्य पदार्थ लिने गरेको देखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.