|

कपिलवस्तु : भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्ड अन्गर्गत कपिलवस्तु नगरपालिका ८ दोहनीचोकमा टिपरले ठक्कर दिँदा मोटरसाइकलका चालकको मृत्यु भएको छ।

बिहीबार दिउँसो भैरहवाबाट तौलिहवा आउँदै गरेको लु १ ख ६१६८ नम्बरको टिपरले ठक्कर दिँदा विपरीत दिशातर्फ जाँदै गरेको लु २८ प ६१५४ नम्बरको मोटरसाइकलका चालक कपिलवस्तु ७ धरमपानीका बालजी धोबीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको  उपचारका क्रममा भैरहवास्थित मेडिकल कलेजमा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि आक्रोशित स्थानीयले टिपरमा तोडफोड गर्दै भैरहवा–लुम्बिनी–तौलिहवा सडक खण्ड तीन घण्टा अवरोध गरेका थिए।

टिपरका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरिक्षक देवेन्द्र पाण्डेले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.