'आदर्श सीताको चरित्र नै समाजको मार्गदर्शक'

|

जनकपुरधाम : जानकी नवमीको महामहोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी मन्दिरमा दर्शन गरेकी छन्। जानकी मन्दिरद्वारा आयोजित जानकी नवमी महामहोत्सवको अवसरमा राष्ट्रपति भण्डारीले जनकपुरधामको जानकी मन्दिरमा पूजा, आरती र अवलोकन गरेकी हुन्।

यो समारोहमा सहभागी हुन जनकपुरधाम आइपुगेकी राष्ट्रपति भण्डारीले जनकपुरधाम मिथिलाकला र कालिगढी विश्वकै विश्ख्यात जानकी मन्दिर विश्वकै एउटा उत्कृष्ट नमुना भएको बताएकी छन्।

उनले जानकी मन्दिर जस्तो नौलखा मन्दिरले समेत परिचित सुप्रपसिद्ध जानकी महोत्सवले नेपालको समाजिक, सांस्कृतिक, राष्ट्रिय एकता र अखण्डतालाई सुदृढ बनाउने विश्वास समेत व्यक्ति गरिन्।

‘हाम्रो संस्कृति र परम्पराको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो। र यो हामी हाम्रो पुर्खाहरूले सुम्पिएको दायित्व पनि हो', राष्ट्रपतिले भनिन्, 'त्यसैले यस्ता महत्वपूर्ण चाडवाड तथा रितिसंस्कृतिले नाता र कुटुम्बको प्रगाढतामा अझ मजबुद आउने मैले विश्वास लिएको छु।’

जनकपुरधाम जस्तो पुण्यभूमि जहाँबाट राजा जनक, अष्टावक्र तथा महर्षीले ज्ञानको ज्योति तथा शान्ति र सहिष्णुताको सन्देश फैलाएर यसको महत्व फैलाए चिरकालसम्म रहिरहने भण्डारीको भनाइ थियो। महर्षिहरूले दिएको ज्ञानको महत्व आज पनि उत्तिक्कै रहेको उनले बताइन।

यसलाई अनुशरण गर्न सकिए समाज देखिएका समस्या सजिलै समाधान गर्न सकिने राष्ट्रपति भण्डारीको भनाइ थियो। प्राचीनकालमा शिक्षा र सभ्यतामा उत्कृष्ट रहेको यो क्षेत्रमा कतिपय समाजिक विकृति, विभेद र बिसंगति हुनु चिन्ताको विषय रहेको उनले बताए। यस्ता विकृति सबैले मिलेर उन्मुलन गर्नुपर्ने राष्ट्रपतिको धारणा थियो।

‘समाजिक चेतना र जागरणको महत्वपूर्ण योजना बेटी पढाउ बेटी बचाउ अभियानको प्रभावकारी ढंगले अघि बढेकोमा म प्रशंसा गर्दछु', प्रदेश २ सरकारले ल्याएको बेटी पढाउ बेटी बचाउन अभियानको प्रशंसा गर्दै राष्ट्रपतिले भनिन्, 'यो पवित्र धर्तीको गौरव बढाउने, आदर्श सीताको चरित्र नै समाजको मार्गदर्शक गरिरहेको महसुस गरेको छु।’

उनले जानकी मन्दिर मुलुकको ऐतिहासिक तथा सांस्कृतिक धरोहर रहेको बताउँदै गार्गी, मैथिली जस्ता विदुषीहरूको जन्मभूमि र कर्मभूमि तथा तपोभूमि विश्वका लागि प्रेरणाको श्रोत राष्ट्रपतिले बताइन्।

राष्ट्रपतिले वेदहरूको अनुपम स्थल र पर्यटकीय सांस्कृतिक क्षेत्र समृद्ध संस्कार एवं संस्कृतिको लागि अनुपम रहेको बताइन्। उनले मैथिली साहित्यका मुरधन्य व्यक्तित्व महाकवि विद्यापतिको स्मरण गर्दै मैथिली भाषा तथा साहित्य त्यस सम्बर्धन निकाय थप कटिबद्ध हुनुपर्नेमा जोड दिइन्।

‘विदेह राजा जनकले कर्मको महायज्ञको आयोजना गर्दा सिताको उत्पति भइ विख्यात भएको यस भूमिले कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको पनि सराहनीय छ', राष्ट्रपतिले भनिन्, 'तर अहिले यही भूमिमा कृषिको उत्पादकत्वमा कमी आउनु दुःखद कुरा हो। यसलाई आत्मसाथ गरेर चूरे बचाएर दीगो विकासको अवधारणालाई अगाडि बढाउँदै यो उर्वर भूमिको प्रचुर उपयोग गर्न आग्रह गर्दछु।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.