|

इंग्ल्यान्ड र पाकिस्तानबीच जारी पाँच खेलको एक दिवसीय श्रृंखलामा रन वर्षा जारी छ। मंगलबार भएको खेलमा इंग्ल्यान्डले दोस्रो जित निकाल्दा पाकिस्तानका स्टार खेलाडी इमामा उलहकले बनाएको १५१ रनको सानदार इंनिङ छायामा पर्‍यो।

पाकिस्तानले तेस्रो खेलमा पहिलो ब्याटिङ गर्दे ३५८ रनको विशाल स्कोर तयार गरेको थियो। जसमा ओपनर उलहकले १३१ बलमा १६ चौका र एक छक्का प्रहार गर्दे १५१ रन बनाए। त्यस्तै, आसिफ अलीले ४३ बलमा ५२ रन बनाउँदा हरिस सोहिलले ४१ रनको स्कोर बनाए। अन्य ब्याट्सम्यानले पनि दोहोरो रनको सहयोग गर्दा निर्धारित ५० ओभरमा पाकिस्तानले नौ विकेट गुमाएर ३५९ रनको विजयी लक्ष्य दिन सफल भयो।

तर जवाफमा उलहकको सतकलाई छायामा पार्न इंग्लिस ओपनर जोनी ब्यारिस्टोले १२८ रनको सतकीय इनिङ खेले। ९३ बलमा ब्यारिस्टोले १५ चौका र पाँच छक्काको विस्फोटक पारी खेलेका थिए।

त्यस्तै अर्का ओपनर रोयले ५५ बलमा ७६ रनको सानदार अर्धसतकीय इनिङ खेले। उनीहरुले पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरेका थिए। जोए रुटले ४३ रन बनाउँदा बेन स्टोक्सले ३७ रनको योगदान दिए। मोइन अली ४६ र इयन मोर्गेन १७ रनमा अविजित फर्किए। इंग्ल्यान्डले विशाल स्कोर ३१ बल अगावै चार विकेट गुमाएर भेटाएको थियो। यो इंग्ल्यान्डको लगातार दोस्रो जित हो। अघिल्लो हाइस्कोरिङ खेलमा पनि इंग्ल्यान्ड विजयी भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.