|

काठमाडौं : 'किन दुख्छ', 'चाहे माया गर', 'जय नेपाल ' जस्ता चर्चित गीतका गायक शिव लामिछाने सिवाजको नयाँ गीत 'परदेशी आऊ है फर्केर'  सार्वजनिक भएको छ। नेपालीहरुले विदेश बस्दा भोग्ने पिडा र दु:ख गीतको भिडियोमा देखाइएको छ।

धन कमाएर नेपाल फर्किन्छुभन्दा भन्दै बाध्यतामा परेका नेपाली जो आफन्त र  प्रिय मान्छेलाई सम्झिदै बसेका हुन्छन् उनीहरूप्रति समर्पित गर्दै विश्व श्रमिक दिवसका दिन गीतको भिडियो सार्वजनिक गरिएको हो। 

यस गीत स्वर , शब्द र संगीत गायक शिव लामिछानेको रहेको छ भने एरेन्जमेन्ट सुरज विकले गरेका हुन्। विवेक खड्काले खिचेको भिडियोमा जीवन, सुनिता, सुक्मित  र रोजिनाको अभिनय रहेको छ। प्रविन श्रेष्ठले भिडियो सम्पादन गरेका हुन्। कसम नेपालको कन्स्पेट र निर्देशनमा भिडियो तयार भएको हो।

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.