|

चितवन : मुग्लिन-भरतपुर सडकखण्डमा आइतबार साँझ भएको दुई छुट्टा-छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।

मुग्लिनबाट भरतपुरतर्फ जाँदै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाइकल सोही दिसातर्फ गइरहेको ना ६ ख ५९७१ नम्बरको ट्रकको पछाडि ठोक्किँदा मोटरसाइकल चालक काठमाडौँ गोंगबु ८ का अनुप खण्डाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुर २९ केराबारीमा साँझ ५:५० बजे दुर्घट्नामा परी गम्भीर घाइते भएका खण्डकाको भरतपुर अस्पतालमा उपचारका क्रममा ६:१५ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ। यस्तै भरतपुर २९ सत्रकिलोमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बा ६३ प १४५८ नम्बरको मोटरसाइकल चालक काठमाडौँ महानगरपालिका ५ का २८ वर्षीय सेखर नगरकोटी रहेको प्रहरीले जनाएको छ। 

नगरकोटी सवार मुग्लिनबाट नारायणगढतर्फ गइरहेको मोटरसाइकल साँझ ५ बजे अनियन्त्रित भई दुर्घटनामा परेको र सोही दिसातर्फबाट गइरहेको ग १३ प ८५९० नम्बरको मोटरसाइकलसँग ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए। उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ५:५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

सो दुर्घटनामा परी नगरकोटीको मोटरसाइकल पछाडि सवार सोलुखुम्बु सल्लेरी नगरपालिका ७ का २५ वर्षीय सुशिल घतानी र अर्को मोटरसाइकलका चालक तनहुँ भानु नगरपालिका ८ का २३ वर्षीय सुजन वन्जगाछी घाइते भएका छन। उनीहरू दुवैको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चितवनमा लामो समयपछि सडक दुर्घटना भएको हो। यसअघि दैनिकजसो सवारी दुर्घटनामा परी ज्यान जाने गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.