खुला भयो डोल्पाको यार्सापाटन

|

डोल्पा  : हिमाली जिल्ला डोल्पाका यार्सागुम्बा पाटनहरू सोमबारदेखि खुला भएका छन्। जिल्लास्थित सरोकारवाला निकायसहितको सर्वपक्षीय निर्णयअनुसार सोमबार भोक्पा, भाङ्का, कुनास, सागबारीलगायत सत्तरीभन्दा धेरै यार्सापाटनहरू औपचारिकरूपमा खुलिसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए।

निकुञ्ज क्षेत्रभित्र पर्ने धो मा रहेका विभिन्न यार्सागुम्बा पाटनहरूमा हिँउ धेरै जमेकाले स्थानीय र यार्सासंकलकहरूसँग सल्लाह गरेर मंगलबार मात्रै पाटन खुलाइने निर्णय गरिएको छ। निकुञ्ज क्षेत्रभित्रका यार्सापाटनहरू औपचारिकरूपमा खुलेसँगै सर्वसाधारणहरू बहुमूल्य जडीबुटी यार्सागुम्बाको खोजीमा कठ्यांग्रिँदो चिसोमा घुँडा धसेर जुटिरहेका छन्।

यार्सागुम्बाको खोजीका लागि पाटन पुगेका हजारौँ सर्वसाधारणहरु हिँउले सेताम्य पाटनहरुमा हिँउ बिलाएको ठाउँ खोज्दै यार्सा खोज्न थालेका हुन्।

पाटन खुलेको पहिलो दिनमा जतिसक्दो धेरै यार्सागुम्बा टिप्ने अठोटकासाथ एकले अर्कालाइ उछिन्दै अगाडि बडिरहेको देख्न सकिन्छ। निकुञ्ज क्षेत्रभित्र पर्ने अधिकांश यार्सापाटन खुले पनि सामुदायिक वन क्षेत्रभित्र पाटनहरू केही पाटनहरु खुल्न सकेका छैनन्।

यार्सापाटन खुलाउन आन्तरिक व्‍यवस्थापनमा समय लाग्ने भन्दै केही दिनभित्रै पाटनहरू खुलाइने सामुदायिक वनहरुले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.