|
१२औँ गणतन्त्र दिवसमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख लगायत व्यक्तित्वहरू

हामीले गणतन्त्र प्राप्त गरेको ११ वर्ष पूरा भएको छ। यस सन्दर्भमा विभिन्न क्षेत्रबाट शुभकामना सन्देशहरू आइरहेका छन्। औपचारिक ओहोदामा रहनेहरूका मात्रै होइन, सामाजिक सञ्जालमा प्राय हरेकले यो सन्दर्भलाई छोएर विचार व्यक्त गरेका छन्।

वास्तवमा देशको व्यवस्था, संविधान सरकार प्रतिपक्ष वा त्यस वरिपरिका मानिसको मात्रै होइन र हुन सक्दैन भन्ने कुराको प्रतिबिम्बका रूपमा सामाजिक सञ्जालमा अभिव्यक्त विचारहरूलाई लिनुपर्छ। मूलधारका सञ्चार माध्यम र सामाजिक सञ्जालमा अभिव्यक्त विचारहरू कसरी आइरहेका छन्? वास्तवमा व्यवस्था, शासकीय प्रणाली, दैनिक शासन प्रशासन, सरकार र प्रतिपक्षका बारेमा जनमत कस्तो छ भन्ने कुराको समग्र मूल्यांकन यसले प्रस्तुत गर्छ।

सञ्चार माध्यम केलाउँदा पेशागत मानिस, बौद्धिक जमात मात्रै होइन सर्वसाधारणको भोगाइ सुन्दा मात्रै होइन सरकारमा भएका र प्रतिपक्षमा रहेकाहरू सबैबाट सन्तोषजनक रूपमा काम नभई एक दशक बितेको छ भन्ने समग्र अभिव्यक्ति आएको छ।

गणतन्त्र त्यसै आएको होइन। यसका खातिर हजारौँको बलिदान भएको छ। देशले ठूलो आर्थिक, सामाजिक अवरोध सहनु परेको छ र कैयौँले जेलनेल खेप्नुपरेको छ। गणतन्त्र ल्याउने नाममा धेरै सपना देखाइएको छ र धेरै सपना देखिएको छ। तर आज सञ्चार माध्यम केलाउँदा पेशागत मानिस, बौद्धिक जमात मात्रै होइन सर्वसाधारणको भोगाइ सुन्दा मात्रै होइन सरकारमा भएका र प्रतिपक्षमा रहेकाहरू सबैबाट सन्तोषजनक रूपमा काम नभई एक दशक बितेको छ भन्ने समग्र अभिव्यक्ति आएको छ।

हामी एक्काइसौँ शताब्दीको द्रूतगतिको प्रविधि, आर्थिक विकासका माध्यमबाट मानव जीवनको उच्चतम लाभ लिन समृद्ध समाज निर्माणको दुनियाँमा छौँ। तर हाम्रो विगत एक दशकको परिणामले हामीलाई आशा भन्दा बढी निराशा दिएको छ भन्न कसैले हिचकिचाउनु पर्दैन। हुन त नेपालले उत्पत्तिकालदेखि अवलम्बन गर्दै आएको राजतन्त्रको बदला गणतन्त्र र एकात्मक शासन प्रणालीको सट्टा संघीयतामा पाइलो राखेको बिर्सिन मिल्दैन।

यस्तो बेलामा राज्य संयन्त्र मात्रै होइन राष्ट्रले नै नयाँ दृष्टिको, योजना, कार्यक्रम, कार्यान्वयनबाट आफ्नो पहिचान बनाउन समय लाग्न सक्छ। तर यसका नाउँमा दशक बितिसक्दा पनि अधिकांश विषय ठेगानमा नआउनु दुःखको विषय हो। जेजस्ता कारणले गणतन्त्रको आवश्यकता औँल्याएर गणतन्त्र ल्याउन सबै पेशा, वर्ग र तहका मानिसले साथ समर्थन दिए आज दशक बितिसक्दा पनि ती कारणहरू जहाँको त्यहीँ रहनु दुःखको कुरा मात्रै होइन, लज्जाको विषय पनि भएको छ। यसका लागि यो एक दशकमा पटक पटक पालो फेरि फेरि सत्तामा जाने दल र तिनको नेतृत्वले प्रमुख रूपमा जिम्मेवार भएर सोच्नु पर्छ।

वर्तमान सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटले जनतामा थप आशाको प्रकाश छरेको छ। यसलाई लिएर प्रतिपक्षी दल र सम्बद्ध बुद्धिजीवीले आलोचनात्मक प्रतिक्रिया दिनु प्रतिपक्षको धर्म भए पनि अन्य क्षेत्रबाट आएका प्रतिक्रिया खासै नकारात्मक नहुनु सुखद कुरा हो।

यसै सन्दर्भमा वर्तमान सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटले जनतामा थप आशाको प्रकाश छरेको छ। यसलाई लिएर प्रतिपक्षी दल र सम्बद्ध बुद्धिजीवीले आलोचनात्मक प्रतिक्रिया दिनु प्रतिपक्षको धर्म भए पनि अन्य क्षेत्रबाट आएका प्रतिक्रिया खासै नकारात्मक नहुनु सुखद कुरा हो। तर यसले विगतका बजेटमा आएका कतिपय राम्रा विषयलाई समेट्न वा निरन्तरता दिन नसकेको र कतिपय विषयमा व्यवहारिक भन्दा पनि अलिक महत्वाकांक्षी भएर कार्यान्वयन हुन नसक्ने खतरा देखिएको छ। कर्मचारीलाई तलब वृद्धि गर्दा समग्र बजारमा महँगी बढ्ने र त्यसको नियन्त्रणमा ध्यान पुगेन भने जन असन्तुष्टि बढ्नेछ। बजेटमा कतिपय विषय समेटिएको भए पनि कार्यान्वयन नभएर बजेट फ्रिज हुन नदिने तर्फ पनि सरकारको ध्यान जानू जरुरी छ।

सरकार यो वा त्यो दलको हुन सक्छ, व्यवस्था कुनै दलको मात्र हुन सक्दैन। व्यवस्था चलाउन सरकारमा बस्ने दलले सबैको साथ सहयोग लिने वातावरण बनाएर समृद्ध राष्ट्र निर्माणको दिशामा अगाडि बढ्न सक्नु पर्छ। जनता, सरकार र दलको नेतृत्व भन्दा सचेत छन् जनताको धैर्य र विश्वासको कदर गर्नु पर्छ। राष्ट्र अगाडि बढाउनका लागि सबल राजनीतिक नेतृत्व सकारात्मक सञ्चार माध्यम र बौद्धिक जमात मात्रै होइन अनुशासित र कर्मठ नागरिक बन्नका लागि वातावरण निर्माण भयो भने समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार हुने छ। दुनियाँ गतिशील छ। नेता, नेतृत्व, सरकारको त के कुरा व्यवस्था र संविधानसमेत साध्य होइनन् साधक मात्रै हुन भन्ने यथार्थलाई सबैले आत्मसात् गर्दै अगाडि बढ्नु पर्छ। सकारात्मक सोचाइ, सकारात्मक काम र सकारात्मक परिणाम आजको खाँचो हो।

गणतन्त्र दिवसको शुभकामना!

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.