|

जाजरकोट : यतिवेला यार्सागुम्बाको समय सिजन सुरु भएको छ। डोल्पालगायत हिमाली जिल्लाहरूमा यार्सागुम्बा संकलन सुरु भएको छ। आजभोलि डोल्पाका यार्सागुम्बा पाटनहरू मान्छेले भरिभराउ भएका छन्। जेठ महिनाको चर्को गर्मीमा हप्तौँ हिँडेर पसिना चुहाउँदै डोल्पाका यार्सागुम्बा पाटनतिर जान लागेको सर्वसाधारणहरूको ताँती पनि देख्न पाइन्छ।

उच्च हिमाली क्षेत्रहरूमा मात्रै पाइने बहुमूल्य जडीबुटी यार्सा खोजीका लागि बिसौँ हजार सर्वसाधारण डोल्पाका यार्सापाटनमै छन्। यार्सागुम्बा टिपेर मनग्ये आम्दानी गर्ने लक्ष्य लिएर एक महिना अघिदेखि तयारी गरेर उनीहरू अहिले यार्सागुम्बा पाटनतिर लागेका हुन्।

यार्सागुम्बा टिपेर साहुको ऋण तिर्ने, वर्षमा एकपटक आउने चाडपर्वमा राम्रो लाउने,मिठो खाने आसमा र बालबालिकालाई गुणस्तरीय शिक्षा, स्वास्थ दिने लक्ष्यसहित उनीहरू यार्साको यात्रामा पाटनतिर लागेका हुन्। आजभोलि डोल्पाका अधिकांश बस्ती सुनसान छन्।

डोल्पाको ठूलीभेरी नगरपालिका-११  जउलीगाड, तामछानी, कम्चुलीलगायतका पाटनमा यार्सागुम्बा खोजेर बस्नका लागि विभिन्न पालका घर बनाइएका छन्।

यार्सागुम्वा संकलनका लागि निस्किएका सर्वसाधारण : 

यार्सा संकलनका लागि पाटन क्षेत्रमा बनाइएका पालका घर

यार्सा टिप्‍न दौडेका सर्वसाधारण

प्राकृतिक रूपमा उम्रेको असली यार्सायार्सा टिप्‍न पाल टाँगेर बसेका सर्वसाधारण

यार्सा टिप्न पाटन पुगेका महिला पालको घरमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.