|

काठमाडौं : ललितपुर महानगरपालिकाले पुरात्तात्विक विभागको अनुमतिबिना नै सम्पदाहरूको पुनर्निर्माण गरेको पाइएको छ। २०७२ वैशाखको १२ गतेको भूकम्पले ललितपुर महानगरपालिकामा दुई सय बढी सम्पदाको क्षति भएको थियो। भूकम्पबाट क्षति भएका मठ, मन्दिरको पुनर्निर्माण गर्दा विभागसँग अनुमति नलिएको भेटिएको हो।

मापदण्डविपरीत ड्रोइङ र डिजाइन निर्माण नगरी सम्पदाको निर्माण गरिरहेको ललितपुर पाटन पुरात्तत्व विभाग अन्तगर्तका दरबार हेरचाह कार्यालका सूचना अधिकृत काजी प्याकुरलले दाबी गरे। 'महानगरले निर्माण गर्नुपर्ने धेरै सम्पदा छैन, सम्पदाको निर्माण गर्ने काम सबै महानगरको मात्र छैन', उनले भने,' पटक-पटक अनुमति लिएर निर्माण गर्नुहोस् भन्दा अनुरोधलाई वेवास्ता गर्दै निर्माण गरिरहेका छन्।'

उनका अनुसार महानगरपालिकाले सम्पदाको ड्रोइङ र  डिजाइनको समेत अनुमति लिएका छैन। पुरात्तत्व विभागको नियममा ड्रोइङअनुसार सम्पदाको निर्माण गर्नुपर्छ। निर्माण कार्य अगाडि बढाउँदा पनि डिजाइन प्रस्तुत गरेर मात्र अगाडि बढाउनु पर्छ। विभागको नियमविपरीत महनगरपालिकाले पुनर्निर्माण गरेको उनको भनाइ छ। 'स्थानीय सरकार भएपछि नियम कानुन नै मान्नु हुन्न भन्ने त हुँदैन नि,' उनले भने, 'विभागले सहयोग गर्छ, सम्पदाको निर्माण पुरातन शैलीमा हुनुपर्छ।'

महनगरपालिका भित्रका अन्य सम्पदाको निर्माण बाह्य संघसंस्थाले पनि गरेका छन्। उनीहरूले भने डिजाइनको स्वीकृत लिएर मात्र निर्माण कार्य गरेको प्याकुरेलले जानकारी दिए।

महानगरले भूकम्पले क्षति पुर्‍याएका सम्पदाको पुनर्निर्माण गर्दछ। पुरात्तत्व विभागको मापदण्डविपरीत निर्माण भएका सम्पदालाई विभागले पुनर्निर्माण गर्न लगाउन सक्ने उनको भनाइ छ। महानगरपालिकाले टेण्डर आव्हान नगरी निर्माण गर्दा यस्तो समस्या आएको उनको दाबी छ। यसरी पुनर्निर्माण गर्दा सम्पदाको मौलिकता हराएर जान सक्ने उनको उनको भनाइ छ।

त्यसैगरी, ललितपुर महानगरले ५० भन्दा बढी सम्पदा निर्माण गरिसकेको ललितपुर महानगरपालिकाको सम्पदा संरक्षण शाखाको अधिकृत सविना महर्जनले बताइन्। उनका अनुसार महानगरले महानगर भित्रका सम्पदा निर्माण पहिलो प्राथमिकतामा छ। 'सबै डिजाइन बनाएर महानगरले सम्पदा निर्माण गरेको छ। महानगरपालिका स्थानीय सरकार हो। महानगरले नै नियमको उल्लंघन गरे अरूले के सिक्छन् ?' उनले प्रश्न गरिन्।

'सम्पदाको मौलिकता रतिभर बिगारेको छैन', उनले भनिन्, 'ललितपुरको पहिचान भनेको नै ऐतिहासिक धरोहर र सम्पदा हो, कसरी महानगरले मौलिकता बिगारेर पुनर्निर्माण गर्न सक्छ ? उनका अनुसार नेपाल सरकारको नियम अनुसार टेण्डरबाट सम्पदाको पुनर्निमाण गर्नु पर्ने भए पनि महानगरले उपभोक्ता मोडलबाट सम्पदा पुनर्निर्माण गरेको उनको दाबी। उनका अनुसार स्थानीय सहभागीता हुँदा स्थानीयको अपनत्व हुनेछ। सम्पदा लागतको सम्पूर्ण खर्चबाट स्थानीयले १० प्रतिशत रकमा दाखिला गरेर सम्पदा निर्माण गरिरहेको उनको भनाइ छ।

महानगरपालिकाले भूकम्पबाट क्षति भएका सम्पदा पुनर्निर्माण गर्नको लागि दश करोड बजेट विनियोजन गरिसकेको छ। उनका अनुसार आउँदो आर्थिक वर्षमा सम्पदा निर्माणको लागि विगतको वर्षभन्दा बढी बजेट विनियोजन गरिनेछ। महानगरपालिकाले ६० प्रतिशतभन्दा बढी सम्पदाको निर्माण गरिसकेको महर्जनले बताइन्। भूकम्पले महानगरपालिकाभित्र ९४ सम्पदाको आंशिक क्षति गरेको थियो। पूर्ण क्षति भने २७ वटा मात्र भएको महानगरले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.