अछाम : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कम्युनिष्टहरुले काङ्ग्रेससँग डराएर पार्टी एकता गरेको बताएका छन्।
जिल्लाको रामारोशन गाउँपालिकाको मुजाबगरमा भएको आमसभालाई सम्बोधन गर्दै नेता थापाले काङ्ग्रेस बलियो पार्टी भएका कारण मात्रै नेकपा एमाले र नेकपा माओवादी केन्द्र डराएर एकता गरेको बताए।
काङ्ग्रेस जनताको पार्टी भएकाले अब जनताले काङ्ग्रेसलाई नै साथ दिने नेता थापाको भनाइ थियो । उनले नेता कार्यकर्तालाई नआत्तिन पनि आग्रह गरे।
वर्तमान अवस्थामा दुई पार्टी मिलेर पनि देशमा केही गर्न नसकेको नेता थापाको आरोप थियो । उनले वर्तमान सरकारले ल्याएका कार्यक्रम जनमैत्री नभएको उल्लेख गरे। युवालाई विदेशिनबाट रोक्न ठूला उद्योग र कलकारखाना सञ्चालनमा उनले जोड दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।