|

काठमाडौं : इटहरी उपमहानगरले चर्चित बाल गायक प्रितम आचार्यलाई बाल सदभावना दूत घोषणा गरेको छ । 

मंगलबार एक कार्यक्रमबीच उपमहानगरकी कार्यवाहक प्रमुख लक्ष्मी गौतमले आचार्यलाई बालसदभावना दूत घोषणा गरिएको पत्र प्रदान गरिन्। प्रमुख प्रशासकीय अघिकृत केशव बिमली र वडाध्यक्ष दीपक गौतमले माला र टोपी लगाइदिएर उनलाई सम्मान गरे।

कार्यवाहक प्रमुख गौतमले इटहरीको छोरो प्रितमले इटहरीको नाम विश्वभर राखेको भन्दै धन्यवाद दिइन्। उनले इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत बनाउने तयारी भइरहेको बताइन्। 

प्रमुख प्रशासकीय अघिकृत केशव विमलीले प्रितमको प्रगतिको कामना गरे। बालगायक आचार्यले आफूलाई यो अवस्थासम्म आइपुग्न इटहरी उपमहानगरले गरेको सहयोग र मायाप्रति धन्यवाद दिए। 

यसअघि भारतमा प्रतियोगितामा भाग लिन जानुअघि प्रितमलाई इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले नेपाली झण्डा प्रदान गरेका थिए। उपप्रमुख लक्ष्मी गौतमले नेपाली टोपी लगाइदिएर बिदाइ गरेकी थिइन्।

प्रितम आचार्य भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटी शो सारेगम लिटिल च्याम्प्समा तेश्रो भएर हिजो इटहरी फर्किएका हुन्। प्रितमले बालसदभावना दूत घोषणा  कार्यक्रममा ‘देशले रगतमागे मलाई बलि चढाऊ’ बोलको चर्चित गीत गाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.