'ठूला प्रकोप र द्वन्द्वपछि मात्रै मुलुक समृद्ध'

|
File Photo

सिन्धुपाल्चोक : दश वर्षे जनयुद्धको प्राप्ति संघीय लोकतान्त्रिक गणतन्त्र भएको नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

बलेफि गाउँपालिका ५ कुपकन्या माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा हस्तातन्त्ररण कार्यक्रमको सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धपछि मात्रै नेपालमा शान्ति छाएको बताए।

दश वर्षे जनयुद्धपछि मात्रै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको दावी गरे। ‘कुनै पनि ठाउँको विकास हुनको लागि कि ठूलो प्राकृतिक क्षति त कि मानवीय द्वन्द्व हुन आवश्यक छ’ उनले भने, ‘त्यसैले गर्दा नेपालमा अहिले आर्थिक समृद्धिको बाटोमा लागेको छ।’

जनयुद्धको जग सिन्धुपाल्चोकमा भूकम्पले तहसनहस पारेको बेलालाई सम्झदै अब सिन्धुवासीमा मात्रै नभएर सिंगो नेपाल समृद्धको बाटोमा लागेको बताए। ठूलो प्रकोप र द्वन्द्वपछि नै विकशित मुलुक समृद्ध बनेको उदाहरण जापानलाई दिँर्दै नेपालमा पनि नयाँ संस्कारको साथमा विकास गति दिएको उल्लेख गरे।

‘नेपालमा राजनीतिक अस्थिरताको अन्त्य भएको छ। अबको समय भनेको विकास निर्माणमा जुट्ने हो’ उनले भने,‘राजनीतिक अस्थिरतापछि अहिलेको सरकार आर्थिक समृद्धि र समृद्ध मुलुक स्थापना गर्ने जमर्कोमा जुटेको छ।’

भूकम्पले अन्य देशहरूसँग पनि भाइचाराको विकास भएको बताए। २०७२ सालमा भूकम्प नगएको भए पनि नेपालको संविधान निर्माण नहुने दावी गरे। आफू सरकारको प्रतिपक्ष दलको प्रमुख हुँदा पनि संविधान निर्माणको लागि नायकको भूमिक निर्वाह गरेको बताए।

सिन्धुपाल्चोकसँग आफू विभिन्न ठाउँबाट नजिक रहेको हुनाले यहाँको विकासको लागि आफूले सक्दो सहयोग गर्ने उद्घोष गरे। सिंगो मुलुकको आर्थिक समृद्धिको दरिलो आधार तातोपानी नाका सञ्चालनमा पनि आफूले महत्वपूर्ण भूमिका खेलेको जनाए।

यस्तै, पूर्वमन्त्री तथा सांसद अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकलाई प्रकोपले निरन्तर क्षति पुर्‍याएको सम्झदै अब सिन्धुवासीले असरलाई अवसरको रुपमा परिवर्तन नगरेका बताए। भूकम्पबाट क्षति पुगेको विद्यालय पुननिर्माणपछि भौतिक मात्रै नभएर शौक्षिक गुणस्तरमा लाग्न आवश्यक रहेको जनाए।

भूकम्पपछि बन्द रहेको तातोपानी नाका आफ्नो विशेष पहलमा सञ्चालनमा आएको सम्झदै समृद्ध मुलुक स्थापनाको लागि नाकाको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे। भूकम्पपछि पुनर्निर्माण भएका विद्यालयले भौतिक गुणस्तर प्राप्त गरिसकेपछि अबको दिनमा शौक्षिक गुणस्तमा पनि वृद्धि गर्न आवश्यक रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.