|

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा जारी चौँथो प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र एपिएफ फाइनल प्रवेश गरेको छ। मंगलबारको खेलमा सुदूरपश्चिमले प्रदेश नम्बर २ सँग अंक बाँडेर फाईनल प्रवेश गरेको हो भने एपीएफ प्रदेश १ लाई हराउँदै प्रतियोगिताको फाइनल प्रवेश गरेको हो। 

मंगलबार हुने भनिएको सुदूरपश्चिम र प्रदेश् नम्बर २ बीचको खेल वर्षाका कारण प्रभावित भएको थियो। वर्षाले खेल अवरुद्ध बनेपछि दुवै  टोलीले एक/एक अंक बाँड्न बाध्य भए। सुदूरपश्चिम प्रतियोगितामा समूह ‘ए’ बाट विजेता बन्दै फाइनल प्रवेश गरेको हो। उसको अंक तालिकामा पाँच अंक रहेको छ भने प्रदेश २ को चार अंक रहेको छ।

प्रतियोगितामा सुदूरपश्चिमले दुई खेलमा जित, एक खेलमा अंक बाँडेको छ भने एक खेलमा हार  व्योहोरेको छ। त्यस्तै मंगबार हुने तय भएको विभागीय टोली एपिएफ र प्रदेश १ को खेल पनि प्रभावित भएको छ। वर्षा कारण पाँच ओभरमा छोट्याएको खेलमा एपिएफ चार रनले विजयी भएको हो।

प्रतियोगितामा एपिएफले दुई/दुई खेलेमा जित र अंक बाँडेको छ। गत असार ४ गतेबाट महेन्द्रनगरको कबड हलमा सुरु भएको प्रतियोगिताको फाइनल खेल बुधबार बिहान हुने छ भने प्रतियोगिता समापन संघीय सरकारकी खानेपानीमन्त्री बिना मगरले गर्ने कार्यक्रम तय गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.