उच्च शिक्षा लिने सपना

|

बैतडी : घरबाटै माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएकी बैतडीकी करिश्मा बोहराले  ‘सी प्लस’ ल्याएकी  छन् ।  

बिहीवार सार्वजनिक नतिजाअनुसार करिश्माले २.१५ जीपीए प्राप्त गरेकी शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिए।

दशरथचन्द नगरपालिका-२ देहीमाडौंकी करिश्मा शारीरिक अपाङ्गता भएकाले घरबाटै परीक्षा दिएकी हुन् । दशरथचन्द नगरपालिका-२ स्थित निंङगलाशैनी मावि देहीमाण्डौकी परीक्षार्थी करिश्माको परीक्षा केन्द्र दशरथचन्द नगरपालिका-१ मणीलेक मावि गुरुखोला केन्द्र  थियो । 

‘शारीरिक अपाङ्गता भइ हिँडडुल गर्न नसक्ने उनी ह्वीलचेयर चलाउन सक्दिनन्। त्यसैल उनका लागि घरमै परीक्षा दिने व्यवस्था मिलाएका हौँ’, अवस्थीले भने, ‘अपांगमैत्री बाटो नहुँदा शिक्षा विकास तथा समन्वय इकाईले घरमै परीक्षा दिने व्यवस्था मिलाएको हो।’  

एसइईपछि राम्रो बिषय लिएर उच्च शिक्षा पढ्ने सोच रहको करिश्माले बताइन्। उनले भनिन्, ‘घरपरिवारको सरसल्लाह बमोजिम पढाई अगाडि बढाउँछु।’

एसइई घरबाटै दिने परिक्षार्थी पनि करिश्मा पहिलो भएकी समन्वय इकाई बैतडीका प्रमुख अवस्थीले बताए। एसइई परीक्षाका लागि एकजना निरीक्षक र एकजना सुरक्षाकर्मीको व्यवस्था करिश्माको घरमै गरिएको थियो । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.