|

काठमाडौं : अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा भेनेजुएलालाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा निश्चित गरेको हो।

अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेज र जिओभानी लो सेल्सोले एक एक गोलको योगदान गरेका थिए।

खेलको १० औं मिनेटमा सर्जियो अग्युरोको पासलाई सदुपयोग गर्दै लौटारो मार्टिनेजले गोल गरेका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा पनि एक गोल थपेको थियो। दोस्रो गोलमा पनि अग्युरोको भूमिका रहेको थियो। ७४ औं मिनेटमा सेल्सोले गोल थपेपछि अर्जेन्टिना २–० ले अघि बढेको थियो।

जितसँगै अर्जेन्टिनाले सेमिफाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो। ब्राजिल क्वाटरफाइनलमा पाराग्वेलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ । फाइनल प्रवेशका लागि ब्राजिल र अर्जेन्टिनाबीचको सेमिफाइनल खेल आगामी बुधबार हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.