|

हुम्ला : हुम्लाको खार्पुनाथा गाउँपालिका ५ स्थित मानधारा माध्यमिक विद्यालयबाट ५ थान ल्यापटप सेट राति चोरी भएको छ। विद्यालयमा प्राविधिकअन्तर्गत कम्प्युटर विज्ञान विषयको अध्यापनका लागि जडान गरिएको कम्प्युटर शुक्रबार राति चोरी भएको विद्यालयका प्रधानाध्यापक दिल बहादुर शाहीले बताए। 

करिब रु २ लाख ५० हजार मूल्य बराबरको कम्प्युटरसहितका सामान चोरी भएको विद्यालयका प्रधानाध्यापक शाहीले जानकारी दिए। उनका अनुसार कक्षा ८ देखि १० सम्म  पढाई हुने कम्प्युटर विषयको बेसिकदेखि डिप्लोमा स्तरसम्म पढाइ सुरु गर्ने उद्देश्यले विद्यालयमा जडान गरिएको कम्युटरसहितका प्राविधिक सामान चोरी भएपछि पढाइ प्रभावित हुने भएको छ।

विद्यालय गाउँबाट टाढा रहेको र विद्यालयमा कोही नबस्ने भएकाले शुक्रबार राति अज्ञात समूहले चोरी गरेको हुम्लाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए। विद्यालयको वातावरणबारे जानकार व्यक्तिले नै चोरी गरेको हुनसक्ने विद्यालय प्रशासनले अनुमान गरेको छ।

कार्यालयभित्र भएका अन्य कम्प्युटर र अन्य कुनै पनि सामान नचलाई ५ वटा ल्याप्टप मात्र चोरी भएको छ। शनिबार दिउँसो विद्यालय परिसरभित्र शौचालय निर्माण गर्ने कामदारले कार्यालयको ढोका खुलै भएको थापा पाएर प्रधानाध्यापकलाई सूचना दिएको खापुनाथ गाउँपालिका ५ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमराज शाहीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.