|
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले नेपालको राजनीतिलाई पछाडि फर्काउने उग्रवादी धार विकसित हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले राज्य सञ्चालन पद्धतिमाथि प्रहार गरि राजनीतिलाई पछाडि फर्काउने सक्रिय हुन थालेको बताएका हुन्।

सबै राजनीतिक दलबीच राष्ट्रिय एजेण्डामा वृहत सहमति हुन नसक्दा व्यवस्थामाथि नै चुनौति दिने बलियो भएर भएर अनेक कोणबाट प्रहार हुन थालेको टिप्पणी गरे। सरकार गठनको २ वर्षमा जनताको आकांक्षा सम्बोधन हुन नसक्दा तथा बहुदलीय लोकतन्त्रका मान्यतालाई स्थापित गर्न नसकेका कारण राज्य संचालन पद्धतिमाथि नै प्रश्न उठ्न थालेको उनको तर्क थियो।

उनले भने “सरकारमथि मात्रै होइन पद्धतिमाथि नै ठूलो प्रश्न उठ्न थालेको छ। राजनीतिलाई पछाडि फर्काउने उग्रवादी धारहरू विकसित हुन थालेका छन्। चाहे दक्षिणपन्थी कोणबाट होस् चाहे उघ्रवामपन्थी कोणबाट होस्। फेरि पनि उठ्न थालेका छन्। नेपालको राजनीतिमा सबैभन्दा चिन्ताको विषय यो हो।'

नेकपाले चाहेमा सरकारले मुलुकलाई आर्थिक सम्मृद्धिको बाटोमा लैजान सक्ने स्थिति र शक्ति भए पनि वर्तमान अवस्थामा सरकार बाटो विराएजस्तो अवस्थामा देखिएको उल्लेख गर्दे उहाँले बाटो नबिराउन सचेत गराए।  कांग्रेसले विरोधका लागि विरोध गर्ने नभई सकारात्मक प्रतिक्षीको भूमिका निर्वाह गर्ने भन्दै उनले नेकपालाई आफ्नै पार्टीबाट अप्ठ्यारो हुनेबाहेक कांग्रेसले अप्ठ्यारो नपार्ने विश्वास दिलाए।

 उनले भने 'तपाईको आफ्नै पार्टीमा हुने खैलाबैलाबाहेक अन्य खैलाबैलाले असर पार्छ जस्तो लाग्दैन मलाई।' उनले सबै वर्ग र क्षेत्रका समस्या सम्बोधन गर्ने गरि संविधानले र्निदृष्ट गरेको लोकतान्त्रिक मूल्य र मान्यतामा रहेर काम गर्न सरकारलाई सुझाव दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.