|

काठमाडौँ : काठमाडौँको चन्द्रागिरिकी सदीक्षा पौडेलले एसइईमा जिपीए ३.६ ल्याएर  पनि आत्महत्या गरेकी छन्। 

एसइईको नतिजामा असन्तुष्टि जनाउँदै आएकी उनले शनिबार आत्महत्या गरेकी महानगरीय प्रहरी प्रभाव बलम्बुले जनाएको छ । ‘ए प्लस’ नतिजा आउनेमा विश्वस्त रहकेी उनले ३.६ जिपिएमात्रै पाएपछि आत्महत्या गरेकी  प्रहरीले जनाएको छ ।

सदीक्षा चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ बलम्वुको दुरसञ्चार कार्यालय नजिकै बस्दै आएकी थिइन् । उनको स्थायी ठेगाना अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ रहेको महानगरीय प्रहरी प्रभाग बलम्बुले जानकारी दिएको छ।

पौडेलले बलम्बु माद्यमिक विद्यालयबाट एसइई दिएकी थिइन्। सदीक्षाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.