|

गुल्मी : प्रदेशको मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम गुल्मीका तीन स्थानीय तहमा  लागू भएको भए पनि यसको प्रभाव परिणममुखी भएको छैन। 

गुल्मी जिल्लाका तीन वटा गाउँपालिकामा आर्थिक सामाजिक सूचकका आधारमा कमजोर भएका गाउँपालिकाका समुदाय, घरपरिवार वा व्यक्तिको गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी आयआर्जनका अवसरहरू तथा सामाजिक संरक्षणका कार्यक्रम मार्फत जीवनस्तर सुधार गरी गरिबी निवारण गर्ने उद्देश्यसहित कालिगण्डकी, मालिका र मदाने गाउँपालिकामा यो कार्यक्रम लागू भएको हो। 

उद्देश्य अनसार कार्यक्रम नभई मालिका गाउँपालिकामा आएको ५० लाख, मदानेमा आएको ४६ लाख ८० हजार  र कालीगण्डकीमा आएको प्रदेश सरकारबाट आएको ५० लाख रुपैयाँ सकिएको छ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम संचालन कार्यविधि २०७५ को परिच्छेद ३ को लक्षित समूहमा गरिबीको समस्याबाट आक्रान्त  घरपरिवार, असहाय, ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपांगता भएका व्यक्तिका घरपरिवार, दलित, पिछडिएका समुदाय तथा सुरक्षित बसोबास नभएका परिवार, कुनै प्रकोप तथा घटनाबाट घरबारविहीन भएका परिवारमा यो कार्यक्रम संचालन हुने स्पस्ट लेखिएको छ। तर त्यस अनुसार कार्यक्रम संचालन नभई कार्यक्रमको मर्म नबुझी १ करोड ४६ लाख ८० हजार रुपैयाँ परिणममुखी कार्यक्रम नभई बालुवामा पानी खन्याए जस्तै भएको छ। 

कालीगण्डकी गाउँपालिकाको यो कार्यक्रम बिशेष गरी खडगकोटमा लागू भएको गाउँपालिकाले जनाएको छ।

प्रदेशबाट आएको ५० लाखमा उसले खडगकोटका लागि १४ वटा विद्युतीय आरा, खडगकोट र अर्बेनीको भएकोटमा एक घर एक करेसाबारी संचालनका लागि ४ लाख, पलम्बिङ तालिम र मोवाइल बनाउने, खडगकोटमा बगुंर र बोका वितरण, तालिम स्वास्थ्य स्यमंसेवीकालाई झोला वितरण गरि कार्यक्रम सकिएको मुख्यमन्त्री कार्यक्रमका समाजसेवी सामाजिक कार्यकर्ता एवं खडगकोटका स्थानीय रामजी ढकालले बताए। 

टपरी बुन्ने मेसिन, बिरुवा लगाउन खाडल खन्ने मेसिन वितरण यसरी हेर्दा कालीगण्डकी गाउँपालिकाका गरिब, दलित, पछाडि परेका र असाहय एकल महिला र अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकको पहुँचमा कार्यक्रम नपुगेको पाइएको छ। 

गाउँपालिका १ को गिदुवा, तुथुम, देउरालीको माथिल्लो भेग, अर्बेनीको भएकोट, बिसौना लगायत यसबाट दलित बस्तीमा यो कार्यक्रम नपुगी पहुँचका आधारमा यो कार्यक्रम खडगकोटमा मात्रै लगिएको स्थानीयले बताउँदै आएका छन्।

आगामी वर्ष नसमेटिएका भेगलाई समेटेर लैजानै ढकालले दाबी गरे। यस्तै मालिका गाउँपालिकाले शिक्षा स्वास्थ्य, कृषि लगायतका कार्यक्रममा लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए। म केही दिन मात्र आएकाले  मैले यही पाएको छु वास्तविक कार्यक्रम म पनि अध्ययन नै गर्नुपर्दछ। 

यता मदाने गाउँपालिकाले भने बाख्रापालन, खोरनिर्माण वर्थिङ सेन्टर व्यवस्थापन सँगै मलागीरीमा साम्रगी खरिद, पुर्कोटदहमा बेबी वाार्मर खरिद, मलागीरी मै गर्भवती महिलाको लागि अण्डा र हर्लिक्स वितरण, पुर माध्यमिक विद्यालयमा स्वास्थ्य सचेतनाका कार्यक्रम, पशुस्वास्थ्य शिविर संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए।  

सुरुवाती वर्ष भएकाले कार्यक्रम सोचेअनुरुप भएन

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम जिल्ला व्यवस्थापन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले यस वर्ष सुरुवाती कार्यक्रम भएकाले कार्यक्रम सोचेअनुसार गर्न नसकिएको बताए।

पराजुलीले  कतिपय पालिकाका योजनाहरू जेठ अन्तिमसम्म पनि परिमार्जन गर्नु परेको, मुर्त योजनाहरू बनाउन नसकिएको र कार्यविधिमा पनि देखिएका अस्पस्टताका कारण समस्या आएको भन्दै आगामी वर्ष परिमार्जन गर्दै यसल वर्षको सिकाइबाट देखिने गरी कार्यक्रम आउने दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.