|
प्रतीकात्मक फोटो

पर्सा : पर्साको जिराभवानी गाउँपालिका-१ गम्हरिया टोलका एक युवकले आत्महत्या गरेका छन्। स्थानीय राजेश साहको छोरा १८ वर्षीय रामशंकर साहले रुखमा सर्टको पासो लगाई झुण्डिएर आत्महत्या गरेका हुन्।

नजिकैको बगैंचामा रहेको बजकराईको रुखमा सर्टको पासो लगाई झुण्डिएर आत्महत्या गरेको पर्सा प्रहरीले जनाएको छ। कारण भने अहिले खुलिसकेको छैन। शवलाई भने आवश्यक प्रकृया पूरा गरी पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको पर्साका प्रहरी नायव उपरिक्षक अनन्त राम शर्माले बताए।

युवाले आत्महत्या गरेको खबर पाउना साथ इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी महादेवपट्टीबाट प्रहरी टोली गई शवको मुचुल्का बनाएर अस्पताल पठाउने साथ थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.