|

दोहा :  कतारमा रहेका गण्डकी प्रदेशबासीले सरकारले सुरक्षाको सुनिश्चित गरे स्वदेशमा लागानी गर्न इच्छुक रहेको बताएका छन्।

गण्डकी प्रदेश समन्वय परिषद् कतारले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरूले जलविद्युतसँगै अन्य क्षेत्रमा लगानी गर्न सकिने बताए। तर लगानीको ग्यारेन्टी सरकारले गर्नुपर्ने गण्डकी प्रदेश परिषद् लगानी बोर्डका संयोजक हंसराज ढकाल क्षत्रीले जानकारी दिए । 

अध्यक्ष ढकालले गण्डकी प्रदेश अन्तरगतका जिल्लाहरुमा लगानीका सम्भावना र चुनैतीबारे जानकारी गराउँदै लगानीको पहिलो रोजाइ जलविद्युत् भए पनि पर्यटन तथा कृषि क्षेत्रमा पनि थुप्रै सम्भावना रहेको बताए ।

सहभागीले उपयुक्त योजना छनोट गरेर कम्पनी तयार गरप् सामूहिक लगानी गर्न सकिने भन्दै उनले त्यसको आवश्यक तयारी गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा प्रमुख सल्लाहकार आश बहादुर गुरुङ, सल्लाहकार भूपति भट्टराई, विधान मस्यौदा समितिका निवर्तमान संयोजक बिल गुरुङ, परिषद सदस्य एवम् एनआरएनए कतारका महासचिव बुधवल गुरुङ, मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेल, गोर्खा सेवा समाजका अध्यक्ष राजेश्वर ढकाल, लमजुङ सेवा समाजका प्रमुख सल्लाहकार बिष्णुलाल श्रेष्ठ, ब्यसायी लक्षण चौलागाईं लगायतले सुझाव राखेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.