|

काठमाडौं :  भक्तपुरमा आइतबार दिउँसो भएको महिला हत्यामा संलग्नका आरोपित तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ।  चाँगुनारायण नगरपालिका-७ बाँसघारीमा डेरा गरेर बस्दै आएकी सिन्धुपाल्चोककी ६० वर्षीया साबित्री भट्टराईको आइतबार बिहान हत्या भएको थियो।

पक्राउ पर्नेमा सिरहा घर भइ हाल भक्तपुर बस्ने मोहम्मद नौसादलाई धादिङबाट, भारत घर भएका अर्जुन कुमार भनिने भोला कुमार, भारतकै मोहम्मद रहिशलाई मकवानपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई प्रहरीले साेमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन्। यस्तै, मृतककी छोरी ईश्वरी भट्टराई पनि पक्राउ गरिएको छ। तर उनलाई सार्वजनिक गरिएन। 

उनीहरूलाई अपराध महाशाखाको टोलीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो। अभियुक्त सार्वजनिक गर्दै अपराध महाशाखाका प्रमुख सहकुल थापाले छोरीले आफ्नो अवैध सम्बन्ध लुकाउन आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए। उनले भने, 'घटनाको प्रकृति र मोबाइलको कल डिटेल हेर्दा दुई जनाको सम्बन्ध मृतक आमाले थाहा पाएको देखिन्छ।'  घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.