|

डडेल्धुरा : नेपाल महिला संघ डडेल्धुराको संयोजक तोकिएको भनी लेटरप्याडको दुरुपयोग गरि सामाजिक संजालमा भ्रम फैलाएको भन्दै नेपाली कांग्रेस डडेल्धुराले आपत्ति जनाएको छ।

बिहीबार नेपाली कांग्रेस डडेल्धुराले प्रेस विज्ञप्ति जारी गर्दै भातृ संगठन नेपाल महिला संघ डडेल्धुराको संगठनको विषयमा सामाजिक संजालमा विभिन्न अर्नगल खबर आइरहेकाप्रति आफ्नो गम्भीर ध्यानआकर्षण भएको जनाएको छ।

महिला संघ डडेल्धुराको संयोजक तोकिएको भनी सामाजिक संजालका माध्यममा नेपाल महिला संघ केन्द्रीय तर्दथ समिति र कुनैमा केन्द्रीय कार्य समिति भनी फेसबुकमा व्यापक पोष्ट भइराखेकोप्रति कांग्रेस डडेल्धुराको गम्भीर ध्यानआकर्षण भएको जनाएको हो।

‘कांग्रेस केन्द्रीय कार्य समितिले गाउँ र वडा तहसम्म नै जागरणका कार्यक्रमहरु संचालनगरी सम्पूर्ण भातृसंगठनहरू चुस्तदुरुस्त पार्न र सबै कांग्रेसजनका बिचमा नवीन ढंगको एकता कायमगरी वर्तमान अधिनायकवादी सरकारका विरुद्ध एकजुट भएर लड्न निर्देशनग गरी राखेकोबेला, नेपाली कांग्रेसको महत्वपूर्ण भागिनी संगठन नेपाल महिला संघ डडेल्धुरालाई खेलौना बनाउने प्रयास गरिएको छ’ कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ।

नेपाल महिला संघ डडेल्धुराको विषयमा नेपाली कांग्रेस जिल्ला कार्य समितिमा कुनै आधिकारीक जानकारी नआएकाले उक्त विषयलाई लिएर कुनै पनि अतिरन्जनापूर्ण र झुटो समाचारकोपछि लागेर गैरजिम्मेवार अभिव्यक्ति नदिन सम्पूर्ण पार्टीका जिल्ला स्तरीय तथा स्थानीय तहका नेता, कार्यकर्ता साथीभाइलाई अनुरोध गर्दै पार्टीको अनुशासन र विधि विधानको पूर्ण पालना गरेर आफ्ना राजनीतिक गतिविधिलाई निरन्तरता दिनसमेत कांग्रेसले विज्ञप्तिमार्फत अनुरोध गरेको छ।

पार्टीको अनुशासन उलंघन गरी जथाभावी प्रतिक्रिया दिने र चरम गुटवन्दी तर्फ पार्टीलाई धकेल्ने जो कोहीलाई पनि अनुशासनको दायरामा बस्न सचेतसमेत कांग्रेल डडेल्धुराले गराएको छ। केही दिनअघि नेपाल महिला संघ डडेल्धुराको संयोजकमा परशुराम नगरपालिकाकी उपप्रमुख कलावती बोहरालाई तोकिएको भनी फरकफरक ‘लेटरप्याड’ तस्वीरसहित बधाइ दिइएको थियो। उनलाई बधाई दिनेमा जनप्रतिनिधिदेखि पत्रकारसम्म थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.