|

संखुवासभा : गत असार १६ संखुवासभाको सिलिचोङ गाउँपालिका–१ होयङ्लामा गस्ती रहेका प्रहरी र विप्लवका कार्यकताबीच गोली हानाहान भयो। घटनापछि प्रहरीले ओखलढुंगाको चिशखुगढी गाउँपालिका–७ का निम दोर्जी तामाङ र चैनपुर नगरपालिका–१० का सन्जन अधिकारी पक्राउ परेको बताइएको छ।

प्रहरीले घटनास्थलबाट एसएलआरसहित विप्लवका एक कार्यकता पक्राउ बताए पनि अहिलेसम्म सार्वजनिक गरेको छैन। प्रहरीले पक्राउ गरेका कार्यकता सन्जन अधिकारीको अवस्था नखुलेको विप्लवका पूर्वी केन्द्रीय कमाण्ड इन्चार्ज विषमले विज्ञप्तिमा उल्लेख गरेका छन्।

खोजी गरिदिन परिवारको आग्रह

१६ सोमबार संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा गोली हानाहानपछि पक्राउ परेका सन्जनका बुबा केदार अधिकारीले छोरोको बेपत्ता भएका कारण खोजी गरिदिन आग्रह गरे। उनका बुबा केदार भने पक्राउ परेको भन्ने समाचारबाट सुने तर कुन अवस्थामा कहाँ राखिएको छ जानकारी नभएको बताए।

उनले भने, '१६ पक्राउ परेको छोरा अहिले मर्‍यो कि जिउँदै छ अझै प्रहरीले सार्वजनिक गरेको  छैनु उनले थपे, 'खोजी गरिदिन पत्रकारहरुलाई मेरो आग्रह छ।' उनीलाई गस्तीमा रहेका सुरक्षाकर्मीले साथमै राखेर विप्लवको सेल्टर खोज्दै सोलुतर्फ लगेको हुनसक्ने स्रोतको भनाइ छ। 

प्रहरीसँग गोली हानाहान : विप्लवका तीन कार्यकर्ता बेपत्ता! 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.