अर्थ : कर्पोरेट

१५ वाणिज्य बैंकले जनाए मर्जरको प्रतिबद्धता

असार २३, २०७६

    काठमाडौं : नेपाल राष्ट्र बैंकले  बैंकहरूको विग मर्जरको लागि प्रोत्साहन र दबाबको वातवरण सिर्जना गर्दै गर्दा बैंकहरूले मर्जरको प्रतिवद्धता राष्ट्र बैंकमा बुझाउन थालेका छन्। गत शुक्रबारसम्म ६ वटा बैंकले मात्रै मर्जरको प्रतिवद्धता जनाएकोमा आइतबारसम्म थप नौवटा बैंकले मर्जरको लागि प्रतिवद्धजता जनाएको राष्ट्र बैंकले जनाएको छ।

     योसँगै मर्जरमा जाने प्रतिवद्धता जनाएका वाणिज्य बैंकको संख्या १५ पुगेको छ। अहिलेसम्म दुईवटा वाणिज्य बैंक मर्जर हुने गरी एउटा सम्झौता भएको छ भने दुई वाणिज्य बैंकले विकास  बैंक प्राप्ति गर्ने सम्झौता गरेका छन्।

    राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाकाअनुसार हालसम्म १५ वटा वाणिज्य बैंक मर्जर जान प्रतिबद्धता भएको पत्र राष्ट्र बैंकमा बुझाएका छन् भने सोमबार साझसम्म केही थप हुनसक्ने जनाएको छ। 

    प्रवक्ता निरौलाका अनुसार हालमसम्म सिभिल बैंक, माछापुच्छ्रे बैंक, सेञ्चुरी बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, एनआइसी एसिया बैंक,  कुमारी बैंक, हिमालयन बैंक, मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जरको प्रतिवद्धता बुझाएका हुन्।

    ग्लोवल बैंक जनता बैंकसँग मर्जर गर्ने सहमति गरिसकेको छ भने प्राइम बैंकले कैलाश विका बैंक प्राप्ति गरी मर्जरको लागि अर्को पनि बैंकसँग छलफल चलाएको छ। त्यस्तै सिटिजन बैंकले सहयोगी विकास बैंक प्राप्ति गर्ने सम्झौता गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]