द्रूत गतिमा खरिद गर्दै सरकार

|

काठमाडौं :हरेक वर्ष मक्का मदिना हजका लागि जाने इस्लामधर्मावलम्बीका लागि लगाइँदै आएको भ्याक्सिनको अभाव भएको छ।

भ्याक्सिन अभाव भएपछि सरकारले  द्रूत तरिकाले भ्याक्सिन खरिद गर्न लागेको छ। हजको लागि साउदी अरेविया जाने तीर्थयात्रीले तीन प्रकारका भ्याक्सिन अनिवार्य रुपमा लगाउँनै पर्ने भएकाले भ्याक्सिन दुूतरुपमा खरिद गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा रमेशप्रसाद अधिकारीले बताए। उनले भने,‘हो हामीले १३ सय भायल डोज भ्याक्सिन तत्काल खरिद गर्ने तयारी गर्दै छौँ।‘

 इस्लाम धर्मावलम्बीको पवित्र मुख्य धार्मिकस्थल साउदी अरेवियास्थित मक्का-मदिनामा हजयात्रामा जानु अघि अनिवार्यरुपमा प्रत्येक यात्रीले ३ वटा भ्याक्सिन क्वार्डिभ्यालेन्टए सिवाइडब्लू मेनिङकोकल कन्जुगेट भ्याक्सिन, इनयाक्टिभेटेड पोलियो भ्याक्सिन (आइपिभी) र सिजनल इन्फ्लुएन्जा भ्याक्सिन अनिवार्य लगाउनुपर्ने भ्याक्सिन हजमा जाने हज यात्रीको संख्याको तुलनमा कम भएपछि खरिद गर्न लागिएको महाशाखा प्रमुख अधिकारीले बताए।

महाशाखाले यी तीनवटै भ्याक्सिन १३/ १३ सयको दरले खरिद गर्न लागेको महाशाखा प्रमुख डा अधिकारीले जानाकारी दिए।

हजको लागि मक्का मदिनामा संसारभरबाट एकै पटक करोडौँ मान्छेको भेला हुने र उनीहरू विभिन्न मुलमुकबाट आउने हुँदा त्यस्ता मानिसबाट कुनैबाट कुनै पनि संक्रमणयुक्त रोगहरू हज यात्रीलाई नलागाेस्। देशमा समेत त्यस्ता संक्रमण रोग नभित्रिओस् भनेर सरकारले हजमा जाने यात्रीलाई अनिवार्य रुपमा भ्याक्सिन लगाउँदै आएको हो।

मक्कामदिना जाने संख्या बढेपछि भ्याक्सिन पुगेन

हरेका वर्ष गृह मन्त्रालयले नेपाली इस्लाम धर्मावलम्बीलाई मक्का-मदिनाको हजयात्रामा पठाउने गरेको छ। तर अन्य वर्षमा भन्दा यसवर्ष मक्का मदिना जाने इस्लाम धर्मालम्बीको संख्या बढेको सूचना आएपछि आफूहरू भ्याक्सिन नपुग्ने भएपछि महाशाखाले तत्काल खरिद गर्न लागेको हो।

निश्चित संख्याका इस्लाम धर्मावलम्बीलाई सरकारी खर्चमा हजयात्रामा पठाउँदै आएको छ। उनीहरूका लागि प्रतियात्री ३ वटाका दरले जम्मा ३ हजार ९ सय भायलको हाराहारीमा भ्याक्सिन आवश्यक हुन्छ।

आगामी साउन महिनामा हजको दागि जाने यात्रीकोको टिकट समेत आइसकेकाले द्रूत मार्गबाट यही असार मसान्तभित्र भ्याक्सिन उपलब्ध गराउन सक्ने गरी औषधि उत्पादक कम्पनी तथा औषधि फर्महरूका लागि समेत महाशाखाले सिर्जना समेत जारी गरीसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.